म्याग्दे गाँउपालिका वाट ०७९।०८० मा विभिन्न निर्णयहरु पारित

वि वि श्रेष्ठ, म्याग्दे

संघ र प्रदेश सरकारम्याग्दे गाँउपालिकाले आर्थिक वर्ष ०७९।०८० का लागी विभिन्न निर्णयहरु पारित गरेको छ । गाँउपालिकाको वाह्रौ गाँउसभावाट अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको ५८ वटा प्रस्तावहरु सर्वसम्मत वाट पारित भएको छ ।
जसअनुसार आव ०७९।०८० को निती तथा कार्यक्रम छलफल सहित पारित, अनुमानित आय स्वीकेत, आर्थिक ऐन, विनियोजन ऐन स्वीकृत भएको छ । गाँउपालिकाका उपाध्यक्षद्धारा आ.व. ०७९।०८० को लागी प्रस्तुत वजेट छलफल तथा सशंशोधन सहित पारित समेत गरेको छ । यसैगरि मा माग गर्ने सम, विशेष, सशर्त सवै प्रकृतिको योजना छनौट, वैकल्पिक योजना वैकमा राख्ने योजना स्वीकृत, गाँउसभामा गरिने पुरस्कार तथा विद्या तय, विभिन्न कोषको रकम तोक आदेश तथा स्कीकृत अधिकार, योजनाहरु फरफारक, पछि थप भई आउने वजेट अन्र्तगतको कार्यक्रम तथा योजना, वडा नं २ को कार्यलय विस्तार तथा स्वास्थ्य सेवासार्ने सम्वन्धमा, ओभरहेड तथा उपभोक्ता समितीको योगदान, निर्माण कार्यमा सा.सु कर, अग्रिम कर, भ्याट कट्टी सम्वन्धमा निर्णयहरु भएका छन् ।
यसैगरि वाह्रौ गाँउसभावाट करार नियुक्ति तथा सम्झौता नविकरण सहित सेवा सुविधा वृद्धि, करार कर्मचारी सेवा सुविधा अनुमोदन, पटके खरिद अनुगमन, गाँउपालिका स्तरीय वहुवषर््िाय तथा गौरवका योजना छनौट, आवधिक योजना, गुरुयोजना, विभिन्न प्रतिवेदन अनुमोदन, गैससका योजना तथा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम योजना, दररेट सम्वन्धमा, संचालित योजना तथा ठेक्काको म्याद थप सम्वन्धमा, कन्टीजेन्सी प्लान स्वीकृत सम्वन्धमा, वर्गिकृत शिर्षक अन्र्तगत एकीकृत रकम खर्च सम्वन्धमा, तलव भत्ता दायित्व वहन सम्वनधमा, स्थानिय तहको लिजा तथा वित्तिय जोखिम मुल्यांकन कार्यविधि, अतिक्ति सेवा सुविधा सम्वन्धमा, कर्मचारी व्यवस्थापन सम्वन्धमा, वेरुजु फछयौट सम्वन्धमा, विभिन्न कोष को खर्च अनुमोदन सम्वन्धमा, घरनक्सा पास, दिगो किास र १५ औ योजना लक्ष्य केन्दित ुचकमा आधारित कार्यक्रम, अख्तियारी वमोजिमको वजेट घटि भएमा खर्च तथा भुक्तानी मिलान, निजी जग्गा उत्खनन् र राजश्व परिचालन सम्वन्धमा निर्णयहरु भएका छन् ।
त्यसैगरि भुक्तानी वाकी योजना, वहुवर्षिय योजनाको रकम निकाशा, पर्यटन काज सम्वन्धमा, करार कर्मचारीको योगदानमा आधारित समाजिक सुरक्षा र विमा, सम्पति मुल्यांकन, विज्ञापन कर, विद्यालय कर्मचारी तथा वाल विकास शिक्षक तलव, न्यायिक समितीको प्रतिवेदन अनुमोदन, विषयगत समिती र शाखागत समिती, कृषि प्राविधिक र सुचना प्रविधिी अधिृकत, सवारी चालक करार सम्वन्धमा, वाढीपिडित घर निर्माण, सार्वधिक जिवन विमा रकम, युनिसेफ लगायत सरोकार निकाय साग अनुरोध, रोजगार प्रजव्रर्धन कार्यक्रम (सामी) सम्वन्धमा, सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान गरिने, न्यायिक समिती, विषयगत समिती गठन अनुमोदन, समाजिक सुरइााको वैक खाता सम्वन्धमा, साहित्य मैत्री गाँउपालिका घोषणा सम्वन्धमा, स्वकीय सचिव र सल्लाहकार, छात्रवृत्ति लगायत अवण्डा कार्यक्रम कार्यन्वयन लगायतका निर्णयहरु सर्वसम्मतीले पारित गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.