छविचन्द्र ढकाल स्मृति ग्रन्थ २०८० कृति चर्चा कार्यक्रम सम्पन्न

छविचन्द्र ढकाल स्मृति ग्रन्थ २०८० कृति चर्चा कार्यक्रम जिल्ला समन्वय समिति तनहुँको सभाहलमा सम्पन्न भएको छ। सम्पादक मण्डलका प्रधान सम्पादक शेषमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री वरिष्ठ साहित्यकार त्रिलोचन ढकालले छविचन्द्रको सपना पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । स्व ढकाल अन्धविश्वासको विरोधी व्यक्ति समेत रहेको बताउनुभयो ।


राजनीतिक क्रान्ति धेरै अगाडि बढेको बताउदै उहाँले त्यसलाई लागू गर्ने चिन्तन पुरानै रहेको कारणले अहिलेको अबस्था आएको बताउनुभयो । केपी वली, देउवा, प्रचण्डलाई गाली गरेर अहिलेको राजनीति अन्तरविरोध हल नहुने बताउदै सोच र शैली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । जनता कार्यकर्ता सचेत भएर नेताको एसमेन हुन नहुने बताउदै उहाँले छविचन्द्र एसमेन भएर नवस्ने निर्भिक व्यक्ति भएको बताउनुभयो । मन्दिरमा गएर घण्टा बजाएर माक्सबादी नहुने उहाँको भनाई छ । पशुपतिमा गएर घण्टी बजाएर माक्सवादी नहुने आध्यात्मवादी हुने उहाको दाबी थियो ।कम्युनिस्टहरू ओरालो लागेको द्वन्द्वात्मक भौतिकवाद छोडेर भएको र कांग्रेस ओरालो लागेको भौतिकबाद छाडेर भएको बताउनुभयो । यसलाई सच्चाए उकालो लाग्ने समेत सम्भावना रहेको बतानुभयो । रबि लामिछाने, राजावादीबाट पनि देशको निकास भने नहुने उहाँको भनाई थियो ।


कार्यक्रमका विशिष्ट अतिथि पूर्व कोशी प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हरेक आन्दोलनको कमजोरीबाट सिक्नुपर्ने बताउनुभयो । जिम्मेवारी लिएर राष्ट्रको हितलाई सिरोधार्य गरेर काम गर्ने व्यक्ति स्व ढकाल भएको बताउनुभयो । समाजबादको लागि साना साना कसौडी बसाल्नेहरू एक भएर कम्युनिष्ट एकता अगाडि बढाउनुपर्ने उहाँले बतनउनुभयो। शिद्दान्त विहिन दर्शन विहिन व्यक्तिको पछि लाग्न नहुने र यसले राष्ट्रलाई समेत राम्रोसँग नहुने उहाँले बताउनुभयो । ईतिहासको अप्ठ्यारो परिस्थितिमा वाक स्वतन्त्रता नरहेको अवस्थामा पनि लड्ने व्यक्ति छविचन्द्र ढकाल, रहेको बताउनुभयो ।

पृथ्वीनारायण क्याम्पसका पुर्व प्राध्यापक गेहेन्द्र कोईरालाले ढकालको स्मृतिगन्थको बारेमा चर्चा गर्नुभयो। स्मृतिग्रन्थमा स्वर्गीय ढकालको वारेमा विभिन्न व्यक्तिहरूद्वारा लेखिएका लेखको बिबेचना गर्नुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देल, नेकपा माओवादी केन्द्रका नेता किसन शर्मा, पूर्वमन्त्री एवं माओवादी केन्द्रकि नेतृ आशा कोईराला व्यास नपा प्रमुख वैकुण्ठ न्यौपाने, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कडेल, एकदेव आले चिन्तन प्रतिष्ठानमा तनहुँका अध्यक्ष विष्णुभक्त सिग्देल, पूर्व अध्यक्ष श्रीराम कार्की,उक्त स्मृति गन्थका सम्पादक मण्डल सदस्य शिवशंकर पौडेल, परिवारको तर्फबाट स्वर्गीय छविचन्द्रकी बहिनी निर्मला पौडेल, कार्यक्रममा सम्पादक मण्डलका सदस्य रामराज रेग्मी लगायतले भनाई राखेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.