श्रीपंचमीको अवसर पारेर व्यास ५, कण्टारमा रहेको दिदी वहिनी महिला समुहले व्यास ५ मा रहेको संगम प्रा.विलाई शैक्षिक समाग्री हस्तान्तरण हस्तान्तरण गरेको छ । धेरै सके धेरै गरौ, थोरै सके थोरै गरौ, तर केही न केही अवश्य गरौ भन्ने मुल नारा आत्मासात गरेको दिदी वहिनी आमा समुहले स्कुलमा अध्यपनरत ३० जना विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो ।

व्यास ५ को वडाध्यक्ष विष्णुकुमार श्रैष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा श्रेष्ठले विद्यालयमा शैक्षिक समाग्री वितरण गरेर समुहले समाजिक उत्तरदायित्व वहन गरेको वताए । विद्यालयमा अध्ययन गर्ने वालवालिकालाई वितरण गरिएको शैक्षिक समाग्रीेले वालवालिका तथा अभिभाबकमा समेत सकारात्मक सन्देश दिएको हुदाँ शिक्षा क्षेत्रमा सहयोग गर्नु सवैको दायित्व हुन्छ । बिद्यार्थीको आर्थिक हैसियत न्युन हुनेहरुका लागी यो सहयोगले धेरै ठुलो प्रभाव पारेको वडाध्यक्ष श्रेष्ठले वताए ।

महिला समुहको अध्यक्ष भगवती खनालले समुहको सानो सहयोग वाट विद्यार्थीलाई सहयोग गर्न पाँउदा अत्यन्त खुशी लागेको वताए । प्रति विद्यार्थी कपि ५ थान र १ प्याकेट पेन्सिल वितरण गरेर समुहले विद्यार्थीको पढ्न पाउने हक र अधिकारमा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र खनालले भने ।

प्हिला देखि नै मानविय सेवामा काम गर्दे आईरहेको समुहका सचिव प्रतिमा श्रेष्ठले वताए । कार्यक्रममा विद्यालय परिवार, स्थानिय वासिन्दा, विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।









