समाजिक क्षेत्रमा सहयोग गर्दे आएको मोहन वतास फाउण्डेशद्धारा व्यास-१४, मा रहेको केशवटार होम स्टेलाई आर्थिक सहयोग गरेको छ । शैक्षिक विकासको क्षेत्रमा काम गर्दे आएको फाउण्डेशनले केशवटार होम स्टेमा ५० हजार आर्थिक सहयोग गरेको हो ।
पर्यटीय गन्तव्य वोकेको होम स्टेमा आर्थिक अभावका कारण आवश्यक समाग्राी र शौचालयको समेत उचित व्यवस्थापन नहुदाँ आन्तरिक पर्यटकलाई असहज भएको सन्र्दभमा सानो भएता पनि सहयोग गरेर संस्थाले समाजिक उत्तरदायित्व वहन गरेको संस्थाका सस्थापक अध्यक्ष मोहन वतासले वताए ।
हामीले विगत देखि नै आन्तरिक तथा वाह्य पर्यटकलाई शान्त तथा परम्परागत शैलीमा सेवा दिदै आएको छौ । होमस्टेमा भएको अभावलाई मोहन वतास फाउण्डेशनको सहयोगले यसको विकास र गुणस्तरमा टेवा पुग्ने होमस्टेका अध्यक्ष सरास्वती थापा मगरले वताईन ।








