शिखरिणी छन्द
अविचल आस्था मणि अभिनव, छाङ, म्याग्दे, तनहुँ, गण्डकी, नेपाल ।
१. स्वयं खोज्दा खोज्दै रहर चुलियो चिन्न म मन र को राम्रो भन्दा हतपत उठी हुन्छु म भन निहत्थामा बन्ने अतुल बलियो धन्य म बन सबै आकाङ्क्षामा मलजल गरूँ बन्छु म वन ।
२. बढेको श्रद्धाले हाजुरसित सधैँ झुक्छ नमन अहो लज्जा पाली अलिकति उसै लुक्छ नयन छु ठानेको स्वामी सरह पद यो गर्न चयन सधैँ राम्रो लाग्ने किन किन रमी यो बचपन ।
३. छु राखेको चासो जनमत सबै पार्न चकित नचाहेको यात्री अलमल लिई बन्न थकित उठेको हो आफैं अचम पहिलो अक्षर बनी छु चाहेको जान्ने अवसर चुनी बन्न म धनी ।
४. नहार्ने श्रष्टाको मतलब बुझे हुन्छ जनले चिताएको पुग्ने वरद प्रतिभा चुन्छ मनले थुपारेको पैसा अलिकति बुझोस् अर्थ धनले गरेको राम्रो हो कसरत पुजोस् शर्त तनले ।
५. छु आफैं चम्केको मणि गगनमा चन्द्र झलल गरेको इच्छा हो सहज सफल घटना पार्न सरल छु देखेकाे शोभा विकसित बनेको यो हलचल सबैले चाहन्छन् सहज अझ होस् यज्ञ असल ।
६. समातेको बाटाे असल कविले यज्ञ कदम बनेका श्रष्टा छन् सफल छविमा धन्य अचम समालेको स्वेच्छा निकट मलिलो हुन्छ चयन नचाहेको देख्नै सजल रसिलो रुग्ण नयन ।
७. सदाचारी शैली विकसित बसाल्ने अनुपम छ यात्रा याे चल्दै अचम कविको साथ सुगम मिलाएको चन्दा शुभ कलमले होस् मधुरम बने हुन्थ्यो छाया सरह माया कमकम ।
८. पढेको हो गाथा अचम कविको स्वाद छ भनी म आएको मात्रै झलमल बनी चम्कन मणि कसो भन्ने भन्ने अलमल भयोे बोल्न सकिन चलेका ताना छन् मन हृदयमा खोल्न सकिन ।
९. भयोे कस्तो कस्ताे रमरम मचायो हलचल नयाँ खाले पैदा रहर छ यहाँ यो मलमल नछोडेमा राम्रो सकभर छु चल्ने लयसित चलेको होस् म्याग्दे सुगम मणिमेला जयसित । क्रमशः







