एमाले नै सकियो कि भन्ने भाष्य वनाईयो – उपमहासचिव प्रदिप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य वनाएको दावी गरे । विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाईएको थियो, ज्ञवालीले भने । तर त्यो सम्भव थिएन र भएन, अव जनताको मुद्धा एमालेले मात्र सम्वोधन गर्नेछ । उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी एमाले) व्यास नगरकमिटीको आयोजनामा भएको चियापान तथा नयाँ वर्षको शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दे ज्ञवालीले सो कुरा वताएका हुन् । देश र जनताको प्रिय पार्टी एमालेलाई सिध्याउन जसरी लागे, त्यो सम्भव भएन, राजनैतिक कोर्सलाई जनताको आशा र विश्वास जोगाउनका लागी पुन एमालेको सरकार वनेको छ । उनले भने ।
सरकारको मुख्य उद्येश्य भनेको राजनैतिक स्थीरता हो । जसले शुसासन र विश्वास सिर्जना गर्दछ । एमाले वाहिर हुदाँ देशको अर्थतन्त्र साह्ै नाजुक भएको हुदाँ त्यसलाई लयमा फर्काउन अहिलेको सरकार लागपरेको छ उनले भने ।


घेरावन्दीको वावजुद पनि नेकपा एमाले देशको शक्ति भएको हुदाँ एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनले वताए । भष्ट्राचार विरुद्धको लडाईमा कुनै पक्षपात नगरिने हुदाँ अव देश निर्माणमा सम्पुर्ण राजनैतिक शक्तिहरु न्युनतम कार्यक्रममा एकजुट हुन पर्ने ज्ञवालीले वताए ।
लोकतन्त्रको विरुद्ध विभिन्न घेरावन्दी भएता पनि कुनै हालतमा त्यो सम्भव हुने छैन, ज्ञवालीले भने । सवैभन्दा उच्चतम व्यवस्थामा अव विधिमार्फत देश र जनतामा समृद्ध ल्याउनुपर्ने ज्ञवालीको भनाई रहेको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.