मोवाईल एप र वेवसाईट सम्वन्धि निशुल्क अनलाईन तालिम शुरु भएको छ । ईकमर्श साथी प्रा.लिको आयोजनामाा अनलाईन वेवसाईट र मोवाईल एप डेभलपमेन्ट सम्वन्धी ७ दिने तालिम शुरु भएको हो ।
प्रविधि र सुचनाको तीव्र विकास सँग आम प्रविधि प्रेमीलाई प्रविधिसँग जोड्न र यसको महत्वका साथ यसको प्रभावका वारेमा जानकारी दिन निशुल्क रुपमा अनलाईन तालिम दिन लागिएको ईकमर्श साथी प्रा.लिका सीईओ विजय कुमालले जानकारी दिए ।
अनलाईन तालिम माार्फत सहभागीहरुलाई व्यक्तिगत तथा संस्थागत वेवसाईट निर्माण गर्ने, मोवाईल एप कसरी निर्माण गर्ने, यसको प्रयोग र यसवाट कसरी आत्मनिर्भर वन्न सकिन्छ भन्ने कुराको ज्ञान दिईनेछ ।

वेबसाईट डिजाईनिड्ड तालिममा डोमन रजिष्टेशन, होस्टिड्ड, निशुल्क रुपमा डोमन रजिष्टेशन गर्ने तरिका, वर्ड प्रेस ईन्सटल, फ्रि थिम र प्लगिन प्रयोग गरि रियल टाईम पर्सनल प्राजेक्ट को तालिम दिईनेछ, सीईओ कुमालले भने ।
त्यस्तैगरि मोवाईल एप डेभलपमेन्ट तालिममा वेशिक डार्क, फलुटर वारे सिकाईनेछ भने प्रोजक्टहरु कक्षामा रियल टाईम वनाउन सिकाईनेछ । प्रतिष्पर्धाको यो युगमा विशेष गरि नयाँ पिढीले यसवाट धेरै कुराको ज्ञान लिन सकिने सीईयो कुमालको दावी दियो ।

जुमको माध्यामवाट संचालन हुने निशुल्क तालिममा एक सय जनामात्र सहभागी भएका छन् भने अन्यका लागी विजय कुमालको युटयुव च्यानलवाट प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ । वेवसाईट सम्वनिध् तालिम यहि २७ गते देखि १ हप्ताका लागी वेलुका ७ वजे देखि ८ वजेसम्म र मोवाईल एम डेभलपमेन्ट तालिम वेलुका ८ः४५ देखी १० वजेसम्म संचालन भईरहेको छ ।







