भष्ट्राचार गर्दिन र गर्न पनि दिन्न । अध्यक्ष श्रेष्ठ

वि वि श्रेष्ठ, म्याग्दे–१

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भष्ट्राचार पनि नगर्ने र गर्न पनि नदिने भन्नुभएको छ । गरिव नै रहे र रहनेछु तर भष्ट्राचार गर्दिन । यहाँहरुले जिताएर पठाएको जनप्रतिनिधी भएको हुनाले भष्ट्राचार र आफुवाट गलत काम कहिल्यै नहुने हँुदा विश्वस्त हुन आग्रह गरे । म्याग्दे गाँउपालिका वडा नं १ को वाख्रेमा आयोजित आमजनसुमदायको भेलालाई सम्वोधन गर्दे वहाँले सो कुरा वताउनुभएको हो ।
साविक जामुने गाविस हुदाँ पनि आफुले यस क्षेत्रको गरिव, उत्पीडित र दलित समुदायको उठानका लागी वोलेको तर सोचेअनुरुप यस क्षेत्रको विकास नभएको हुदाँ यसमा आम समुदाय नै चनाखो वन्नुपर्ने वताए । यस दलित तर गरिव क्षेत्रको विकासका लागी आफुले विभिन्न समुदायमा पर्याप्त पहल गरेर वजेट निकासा गरेको भएता पनि यस क्षेत्रका नै जनता आवश्यक भन्दा वढि राजनिती गरेको हुनाले पछाडी परेको वताए । हरेक क्षेत्रमा राजनिती हुदाँ आएको वजेटमा काम नहुने, भएता पनि वजेटमा दुरुपयोग भएको हुदाँ विकासमा पछाडी परेको वताए । विकास निर्माणमा राजनिती हुदाँ उल्लेख्य रकम फ्रिज भएको छ। वहाँले वताए ।
म सधै गरिव र पिछडिएको वर्गको साथमा रहेको हुदाँ आफुले सकेको विकास निर्माण र जनस्तरको विकासमा ध्यान दिने समेत वताए । समाज रुपान्तरण हुनका लागी स्थानिय व्यक्तित्व नै जागरुक हुनुपर्ने हुदाँ सवैलाई कृषि र उत्पादनमा जोडिन समेत आग्रह गरे । देखासिकीको उत्पादन प्रणाली होईन, समाज र आवश्यकताका आधारमा कृषिमा लाग्नुपर्ने समेत वहाँले वताए ।
सो आम भेलामा म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेले जनताको सेवक भएर काम गर्नका लागी आफु तत्पर भएको वताए । जनताको पक्षमा काम गर्न जिम्मेवार लिएको हुदाँ त्यसभन्दा फरक नहुने वताए । विकास निर्माण, जनताको स्तर उकास्नका लागी स्थानिय सरकार र जनता सँगसँगै हिड्नपर्ने भएको हुँदा हातेमालो गरेर अगाडी वढ्न समेत आग्रह गरे ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.