३० औ विश्व आदिवासी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका वडा नं १ स्थित आदिकवि भानुभक्त वहुमुखि क्याम्पस वाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने ३ विद्यार्थीलाई सम्मान गरिएको छ ।
आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषदले आयोजना गरेको कार्यक्रमको अवसर पारेर विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा कक्षा १२ का व्यवस्थापन समुहका विद्यार्थी नम्रता श्रेष्ठले ३.७२ जिपीए, विज्ञान समुहका विद्यार्थी कुन्जन श्रेष्ठले ३.६४ जिपीए र सुमन श्रेष्ठले ३.६४ जिपीए प्राप्त गरेका थिए ।
सम्मानित विद्यार्थीहरु व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए । विद्यार्थीहरुको वृद्धि विकास र जनजातिको भाषा शैलीको संरक्षणमा क्याम्पसले खेलेको भुमिका सहनिय रहेको भन्दै जनजातिको स्तरवृद्धि, रहनसहन र भाषाशैलीको जगेर्नाका लागी सवै लाग्नुपर्ने वताए ।
सो अवसरमा क्याम्पका प्रधानाध्यापक महाप्रसाद हड्खलेले स्थानिय स्तरवाट संचालित क्याम्पसले स्थानिय समुदायसँग हातेमालो गरेर अगाडी वढेको वताए । क्याम्पसले अवदेखि हरेक जातजातिको भाषा शैलीको संरक्षणका लागी क्याम्पसमा अध्यापनका लागी व्यवस्था गर्न लागेको समेत वताए ।








