नेवा देय दबू गुठी समन्वय समितीको आयोजनामा ईही (बेल विवाह) कार्यक्रम शुरु भएको छ । तनहुँको दमौली स्थित भीमसेन मन्दिर परिशरमा शुरु भएको वेल बिवाह माघ २४ गते देखि २५ गते सम्म चल्नेछ ।

नेवारी परम्परा अनुसार हुने ईही (बेल विवाह) मा ४७ जना नेवारी कन्याहरुले भाग लिएका छन् । जिल्लाका विभिन्न भागवाट ईही (बेल विवाह) गराउन आएको समन्वय समितीका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठले वताए ।

नेवारी पण्डित लाल प्रसाद श्रेष्ठले यो २ दिनमा नेवारी संस्कारअनुसार नेवारी कन्याहरुलाई ईही (बेल विवाह) गर्नेछन् । नेवारी समुदायको संस्कार र संस्कृति सँग जोडिएको वेल विवाह कार्यक्रम वर्षो देखि गर्दे आईरहेको समन्वय समितीका सचिव जुन नारायण श्रेष्ठले जानकारी दिए ।
















