व्यास नगरपालिका वडा नं ५ को आयोजना र आर्दश युवा क्लव पतेनीको सहकार्यमा व्यास ५ को उदय माविमा वन, वातावरण तथा लागु औषध सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अनुप न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा गरिएको यस्तो कार्यक्रमले विद्यार्थीमा चेतनाको विकास हुने र दुव्र्यसनी विरुद्ध लाग्ने प्रेरणा प्राप्त हुने वताए । विद्यालय नै वालवालिकाको सिकाईको सवैभन्दा उत्तम थलो भएको हुदाँ वन, वातावरण र लागु औषधले हुने समस्यालाई न्युनीकरण गर्न सहयोग पुग्ने वताए ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक चिरञ्जीवि घर्ति र प्रहरी हवल्दार सुर्यवहादुर केसीले कक्षा ७ देखि १० कक्षामा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । लागु पदार्थको पहिचान, यसले पार्ने असर र समाजमा पर्ने नकारात्मक प्रभावका वारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम भएको थियो । विद्यालय उमेर विद्यार्थीहरुको समाजिक दायित्व र वहन गर्नुपर्ने भुमिकाका वारेमा चर्चा गरिएको थियो भने विद्यार्थीहरुले नजानेका विषयमा प्रश्न राखेका थिए । कलिला वालवालिकाहरु नै दुव्र्यसनीमा फसेको हुदाँ विद्यार्थीमा चेतनाका विकासले मात्र यसको न्युनीकरण गर्न सकिने धारणा राखे ।

यसैगरि अन्तक्रिया कार्यक्रममा डिभिजन वन कार्यलय तनहुँका वन रक्षक रमाकान्त खनाल विजय र अनिसा आचार्यले वन र वातावरण सम्वन्धि विषयमा प्रशिक्षण दिएका थिए । वन र वातावरण जीवनका अभिन्न अंग भएको हुदाँ यसको वचाउले मात्र समाज रुपान्तरण सम्भव हुने वताए ।
अन्तरक्रिया कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधी, टेकनथुम्कि वनका अध्यक्ष राजेन्द्र अधिकारी, आदिवासी जनजातीका उपाध्यक्ष तिर्थ दरै, राजनैतिक दलका प्रतिनिधीहरु, विद्यालयका सहायक प्रधानाध्यापक राजु ढकालले कार्यक्रमका वारेमा धारणा राखेका थिए ।

आर्दश युवा क्लवका अध्यक्ष सुरेन्द्र अधिकारीले संचालन गरेको कार्यक्रमका क्लव उपाध्यक्ष प्रविन श्रेष्ठले कार्यक्रमका वारेमा प्रकाश पारेका थिए । ३ दिन सम्म चल्ने अन्तरक्रिया कार्यक्रम व्यास ५ को पराशर माविमा सम्पन्न भईसकेको छ भने २३ गते व्यास ५ को जनजुक्त माध्यामिक विद्यालयमा संचालन हुनेछ ।








