सवै महिला तथा वालवालिकाका लागी ः अधिकार,समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकामा ११५ औ अन्तरराष्ट्रिय नारी दिवस मनाईएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्ष म्याग्दे गाँउपालिका वडा नं ३ का वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

नारी दिवसको अवसरमा गरिएको कार्यक्रममा कविता प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिता, घैटो फुटाई कार्यक्रम तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु संचालन गरिएको थियो । महिला हिंसाको अन्त्य गरौ भन्ने विषयक कविता प्रतियोगितमा ५ जना स्थानिय महिलाहरुले कविता वाचन गरेका थिए । यसैगरि कार्यक्रममा विजेताहरुलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी वालकृष्ण घिमिरेले महिला समाजको महत्वपुर्ण हिस्सा भएको वताए । पालिकाले नारी र पुरुषको भुमिका समान गरेको हुदाँ अव नारीले विकास निर्माणको अगुवाई गर्नुपर्ने वताए । नारी माथी गरिने पुरुष विभेद स्वीकार्य नभएको वताउदै समान जिम्मेवारीले मात्र समाज अगाडी वढ्ने वताए ।

पालिकाका कार्यपालिका सदस्य जानकी थापा मगरले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका नारी अगुवाहरुले नारी दिवसको महत्वको वारेमा प्रकाश पारेका थिए ।

