आदिकवि भानुभक्तको स्ववियु निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुद्धारा उच्च अदालतमा रिट दर्ता (पुर्ण पाठसहित)


आदिकवि भानुभक्त क्याम्पसमा आसन्न स्ववियुको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले उच्च अदालतमा रिट दर्ता गरेको छ । अनेरास्ववियुका तर्फवाट स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार सविन लामिछानेले उच्च अदालत पोखरामा रिट दायरा गरेका हुन् ।


क्याम्पस निर्वाचन समितीले उम्मेदवार दर्ताको लागी मंगलवार दिँउसो २ वजेसम्मको लागी समय तोकेकोमा अनेरास्ववियुले मात्र निर्धारित समयमा उम्मेदवारी दर्ता गरेको तर अन्य संगठनले समयतालिका भित्र उम्मेदवारी दर्ता नगरेको हुदाँ स्वत रुपमा अनेरास्ववियुलाई निर्वाचित गर्न घोषणा गर्न माग गर्दे रिट दायर गरेको हो ।


क्याम्पस प्रशासनले समय सकिएपछि पनि कुनै पनि संग संगठन सँग परामर्श नगरि उम्मेदवारी दर्ताको समय ५ वजेसम्मका लागी तोकेको भन्दै त्यसमा आपत्ति जनाउदै स्ववियु निर्वाच्न प्रवन्ध समिती, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितीलाई विपक्षी वनाएको छ ।
उक्त रिटको आईतवार पेशी तोकिएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.