नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपसचिव खिम कुमालले संगठनलाई व्यवस्थित वनाउदै अगाडी वढ्नुपर्ने वताएका छन् । स्थानिय तहवाट निर्वाचित जनप्रतिनिधीले जनताको आशा र अपेक्षा अनुसार काम गर्न सकेको छैनन । निर्वाचनवाट निर्वाचित भएर गईसकेपछि पनि जननिर्वाचितहरुले राजनैतिक पुर्वाग्रह साँचेर काम गर्दा जनतामा थप नैराश्यता र आक्रोश वढेको समेत वताउनुभयो ।

अवको वर्तमान समयमा पार्टी कामको स्वरुप परिवर्तन गर्नुपर्ने उपसचिव कुमालको धारणा रहेको थियो । परिणाममुखी काम नै अवकोे आवश्यकता भएको हुदाँ संगठन निर्माणमा लागेर पार्टी वनाउन उनले आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर वडा नं ५ को अधिवेशनको सन्र्दभमा उपसचिव कुमालले सो कुरा वताएका हुन् ।








