व्यास नगरपालिकाको आर्थिक सहयोगमा वडा नं १४, मा रुम्सी रिङरोड पक्की नाला निर्माण शुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष ०८०।०८१ को विकास आयोजना अन्तरगत कुल ११ लाख १ हजार ४ सय पैतालिस रुपैया र १ लाख १ हजार ४ सय पैतालिस रुपैयाको जनश्रमवाट गरि कुल १२ लाखको लगानीमा नाली निर्माण शुरु गरिएको हो ।

२८२ मिटर लामो पक्की नाला निर्माण हुने योजनाको अध्यक्ष कुमार थापाले वताए । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको रुम्सीमा पक्की नाला निर्माण पछि थप विकास हुने व्यास नगरपालिका कार्यपालिका सदस्य नरिमाया रानाले वताईन ।

२०८१ असोज २१ देखि शुरु भएको नाली निर्माण कार्य पुस २१ गते सम्पन्न हुने आयोजनाका अध्यक्ष थापाले वताए ।