तनहुँ १, मा त्रिपक्षिय भिडन्त हुने ।

मंसिर ४ गते हुने संघिय निर्वाचनमा तनहुँको क्षेत्र नं १ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । नेपाली काग्रेसका तर्फवाट काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा (एमाले) का तर्फवाट एकवहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरि काग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्द राज जोशीले पनि तनहुँको निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गरेसँगै त्रिपक्षिय भिडन्त हुने भएको हो ।
रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा जोशीले स्वतन्त्र उम्मेदवारी दिएसँगै सो क्षेत्रमा भिडन्त हुने पक्का भएको हो । ०७४ सालको चुनावमा पनि जोशीले स्वतन्त्र उम्मेदवारी दिएता पनि निर्वाचन आयोगले वदर गरेपछि सो क्षेत्रमा वाम गठवन्धनका तर्फवाट नेकपा (एमाले)का तर्फवाट कृष्ण कुमार श्रेष्ठ किसानले फराकिलो मतान्तर सहित रामचन्द्र पौडेललाई हराएका थिए । आफनो निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार किसान सँग पराजित भएसँगै राष्ट्रिय राजनितीमा कमजोर वनेका पौडेल अहिले जसरी पनि सोही क्षेत्रवाट जितेर गुमेको साख फिर्ता गर्न चाहन्छ भने गोविन्द राज जोशी रामचन्द्र पौडेललाई पुन हराएर आफनो शक्ति देखाउन चाहन्छ ।
एउटै निर्वाचन क्षेत्र, पार्टी भएर पनि सधै सत्तापक्ष र प्रतिपक्ष झै रहेका जोशी र पौडेलको उम्मेदवारी दर्ताले राष्ट्रिय राजनिती तातेको छ । जसरी पनि जित्ने र जसरी पनि हराउने खेलले नेकपा (एमाले) लाई भने फाईदा पुग्ने आंकलन गरिएको छ ।
२०५१ र २०५६ सालमा गोविन्दराज जोशी सँग चुनाव लडेर पराजय भोगेका नेकपा(एमाले) का उम्मेदवार एकवहादुर राना अव हुने निर्वाचनमा पुन जोशी र पौडेलसँग चुनावी मैदानमा उत्रिएका छन् । पार्टीभित्र त्यागी, ईमान्दार र निष्ठावान नेताको पहिचान वनाएका राना अहिले आम जनता र कार्यकर्ताले आफुलाई न्याय गर्ने विश्वास गरेका छन् ।
०७४ सालको निर्वाचनमा गोविन्दराज जोशीको उम्मेदवारी खारेजीले आफुलाई प्रत्यक्ष असर परेका वुझेका रामचन्द्र पौडेलले अवको निर्वाचनमा जोशी र एमालेसँग प्रतिष्पर्धा गरेर नै चुनाव जित्ने रणनितीमा लागेका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.