कालीगण्डकी नदीको वहावलाई परिवर्तन गर्न हुदैनः पूर्व मन्त्री गुरुङ

शालिग्राम करिडोरले यस क्षेत्रको समृद्धिको ढोका खुल्छ’

दुलेगौंडा, २८ कार्तीक ।

शुरुवातदेखिनै कालीगण्डकी डाइभर्सनको विपक्षिमा उत्रिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले घिरिङमा पुगेर पुनः कालीगण्डकीको वहावलाई परिवर्तन गर्न नहुनेमा जोड दिएका छन् ।

सोमवार घिरिङ गाउँपालिकाका विभिन्न वडामा भएको मतदाता भेटघाट एवम् कोणसभालाई सम्बोधन गर्दै नेता गुरुङले भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनैतिक, आर्थिक, सामाजीक ,ऐतिहाँसिक महत्व बोकेको कालीगण्डकी नदिलाई डाइभर्सन गरिए यस क्षेत्रको अस्तित्व समाप्त हुने प्रष्ट पारे । ‘यो नदि मात्र होइन एउटा सभ्यता पनि हो । जैविक बिबिधताको करिडोर पनि हो,’ उनले भने, ‘त्यसैले नदिलार्य यथास्थितिमा बग्न दिनुपर्छ ।’ गण्डकी प्रदेशका अर्थमन्त्री हुदा समेत नेता गुरुङले राष्ट्रिय योजना आयोगलाई गण्डकी प्रदेशसँगको सहमतिबिना डाइभर्सनको निर्णय गर्न नपाउने गरी दबाब दिएका थिए ।

कालीगण्डकी शीरदेखि तीरसम्म बग्न पाउनुपर्ने उनको जोड थियो । सरकारले कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देही र कपिलवस्तमा भरपर्दो सिञ्चाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि सारेको छ । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । डाइभर्सनको सट्टा कालीगण्डकी उपत्यकाको एकीकृत विकासमा ध्यान दिन उनले आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै नेता गुरुङले प्रदेशकै गौरवको आयोजना शालिग्राम करिडोरले समग्र घिरिङ गाउँपालिकाको समृद्धिको ढोका खुल्ने बताए । सो करिडोर तनहुँको देवघाटदेखि मुस्ताङसम्म जोड्ने छोटो दूरीको सडक हो । वर्षौं अघिदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो ।

सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा एमाले नेतृत्वको सरकारले शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाएको हो । करिडोर–१ मा २५ करोड ८ लाख रुपैयामा सम्झौता भई काम सम्पन्न भइसकेको छ भने करिडोर–२ मा १९ करोड ८५ लाख रुपैयामा सम्झौता भएको हो । नेता गुरुङले एमालेलाई आगामी ५ वर्षको जिम्मेवारी दिए विकास र समृद्धि जनताको चाहाना पुरा हुने प्रष्ट पारे । तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले ग्यारेन्टीका साथ जनताका आधारभूत विषय पुरा गर्ने वाचा गरे । ‘

घोषणापत्रमै हामीले २० ग्यारेन्टी ल्याएका छौं,’ उनले भने, ‘पुरा भए नभएको जाँच्ने काम अर्को ५ वर्षपछि तपाईहरुको हो ।’ स्थानीय, प्रदेश, जिल्लाका नेताहरुको साथमा उम्मेदवारहरु सोमवार घिरिङ–१ बन्टार, जगौलिटार खुम्लिङटार ,पुट्टार, अत्रौली भन्टार बैडी, घिरिङ–४ को धाब्दी, पुर्कोट, थामडाँडा, फुला करुवाटार र वडा नं. ५ को भोक्टेनी, सभुङ्ग हटिया लगायतका क्षेत्रमा पुगेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.