गण्डकी प्रदेशका नवनिर्वाचित सासंद श्यामराजा महतले जनतासामु गरेको प्रतिवद्धता नभुलेको वताउनुभयो । निर्वाचित भईसकेपछि जनताको घरदैलोमा धन्यावाद दिने क्रममा व्यास–५, को चिन्तुटारमा आयोजित कोणसभामा सो कुरा वताउनुभएको हो ।

जनताको आवश्यकता पुरा गर्ने जिम्मेवारी दिनुभएको छ । जनताको आधारभुत आवश्यकतामा मेरो जोड हुनेछ । विगतमा कसले के गरे भन्ने भन्दा पनि मैले गर्नुपर्दछ भन्ने भावना म मा छ । यसका लागी तपाईहरुको साथ र समर्थन आवश्यक छ, महत भने ।

म जनताको समस्या समाधान गर्दछु भनेर नै तपाईहरु सँग भोट माग्न आए, तपाईहरुले जुन विश्वास गरेर जिताउनुभयो । त्यसका लागी आभारी छु, अव तपाईहरुले दिएको जिम्मेवारी वहन गर्ने समय आएको छ । त्यो म पुरा गर्नेछु, नवनिर्वाचित सासंद श्यामराजा महतले वताए ।

चिन्तुटारवासीको मुख्य माग भनेको पुल हो, यसका लागी प्राथमिकताका साथ काम गर्नेछु । जनताको न्युनतम आवश्यकता, शिक्षा, स्वास्थ्य र मोटरपुल हो । जनताको पिर मर्का म हेरेर वस्न सक्दिन, मेरो सक्दो कोशिश रहनेछ, महतले भने ।

फरक प्रसंगमा महतले आफु योगी भएको र सधै जनताको घरदैलोमा आउने वताए । जनता नै मेरा मुख्य आधार हुन् । त्यसवाहेक केही स्वार्थ नभएको महतल वताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फवाट तनहुँ क्षेत्र नं–२ (क) वाट उम्मेदवार वनेका सासंद महतले गठवन्धनका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई पराजित गरेका थिए ।















