व्यास–५, मा ६९७ जनालाई निस्सा वितरण (फोटोफिचर)

व्यास–५

व्यास नगरपालिकाको वडा नं ५ मा ६९७ जनालाई निस्सा वितरण गरिएको छ । व्यास नगरपालिका वडा नं ५को वडाध्यक्ष विण्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको सो कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभएको थियो ।


सो कार्यक्रममा अव्यवस्थित वसोवासी तर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जना गरि कुल ६९७ जनालाई निस्सा वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी एवं व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले सरकार भुमिप्रति जनताको अपनत्व कायम गराउन लागिपरेको वताउनुभयो । नगरपालिकाको एउटा वडा वाहेक सवै वडामा निस्सा वितरणको काम सकिएको र तत्काल नापीको लागी प्राविधिकको व्यवस्था गरेर खटाउने निर्णय गरिएको समेत वहाँले वताउनुभयो । निस्साको आधारमा नै अवको काम अगाडी वढ्ने हुदाँ सवैले यसलाई सहयोग गर्नुपर्ने समेत न्यौपानेले वताउनुभयो ।


यसैगरि राष्ट्रिय भुमि आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले यहि भुमि आयोगले नै सवै समस्याको समाधान गर्ने वताउनुभयो । पहिलाको आयोग जस्तो पटक पटक निवेदन लिने तर काम नहुने अव हुदैन । दर्ता भएको कागजपत्र डिजिटल हुने हुदाँ यसैको आधारमा काम अगाडी वढ्ने वताए । जिल्लाको देवघाट र आवुँमा जग्गाको नाँपजाँच शुरु भएको हुदाँ अव अन्य वडामा समेत यसले गति लिने कार्कीले वताउनुभयो ।


व्यास ५ का वडा सचिव विश्वराज पौडेलले संचालन गरेको सो कार्यक्रममा वडा सदस्य सुन्दर वाग्लेले स्वागत गरेका थिए भने कार्यक्रममा वडा स्तरीय सहजीकरण समितीको उपस्थिती रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.