व्यासको वेथिती, नगरसभामा ५७ वटा झोलाको लागी २ लाख १० हजार नौ सय खर्च, महालेखाले लेख्यो, वेरुजु ।


व्यास नगरपालिकाले आर्थिक वर्ष ०७८।०७९को नगरसभामा ५७ वटा झोला खरिद गरि २ लाख १० हजार नौ सय रुपैया अनियमितता गरेको पाईएको छ ।


गाँउसभा, नगरसभा र जिल्ला समन्वय समिती सदस्यले सेवा सुविधा सम्वन्धि ऐन, २०७६ को दफा १६ मा पदाधिकारी तथा सदस्यले उक्त ऐनमार्फत तोकिएको सेवा सुविधा वाहेक अन्य सुविधा नपाउने व्यवस्था भएकोमा पालिकाले भने भने २०७९।१।६ मा भएको नगरसभामा उपस्थित पदाधिकारी सदस्यलाई उपलव्ध गराउने गरी ५७ वटा झोलाको २ लाख १० हजार नौ सय खर्च देखाएको छ । यसरी ऐनले तोकेको वाहेक अन्य सेवा सुविधा दिन नमिल्नेमा जिन्सी समाग्री खरिद गरि वितरण गरेको रकम महालेखाले अनियमितता भएको भन्दै वेरुजु लेखेको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.