एमाले गण्डकीको अधिबेशन केन्द्रित प्रचार बैठक सम्पन्न

भदौ ३० ,पोखरा

ने क पा ९ एमाले० गण्डकी प्रदेश कमिटीको यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको सन्दर्भमा सनिवार प्रचार प्रसार समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रचार संयोजक राजिब पहारीले अधिबेशनलाई सभ्य र भब्य बनाउन प्रभाबकारी प्रचार रणनीति तयार गर्ने उल्लेख गर्दै सो अधिबेशन ऎतिहासिक र स्मरणीय बनाउन सम्पूर्ण तयारीमा जुट्न आग्रह गरे।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अधिबेशनलाई सफल र महत्त्वपूर्ण बनाउन ससक्त प्रचार आबश्यक भएको उल्लेख गरे ।

बैठकमा गण्डकीका उप सचिब समेत रहेका प्रचार बिभाग प्रमुख रश्मि आचार्य , उप प्रमुख पुण्य पौडेल , प्रदेश कमिटी सचिबालय सदस्य प्रभा कोइराला , एमाले कास्कीका उप् सचिब दर्शन लामा लगायतले प्रचार योजनाको सन्दर्भमा प्रकाश पारेका थिए।

बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न प्रचार रणनीति तय गर्दै तयारीमा ससक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको गरेको प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

ने क पा ९ एमाले० गण्डकीको प्रथम अधिबेशनको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.