एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय हुने

पोखरा, ३१

भदौ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने अधिवेशन पुर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल-पहाड- तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो।

झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो।

अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिनुभयो। संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राख्नु भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.