नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर कमिटीले महेन्द्र रिजाललाई आर्थिक सहयोग गरेको छ । नगर कमिटीको नेतृत्वमा संकलित रु.५०,००५।–(पचास हजार पाँच रुपैया) रिजालको परिवारलाई हस्तान्तरण गरेको हो ।

फोक्सो तथा आन्द्रामा समस्या देखिएपछि रिजाललाई अपरेशन गर्नका लागी अस्पतालमा भर्ना गरिएको छ । अपरेशनका लागी ठुलो रकम लाग्ने भएपछि रिजालको सहयोगका लागी आर्थिक सहयोग गरिएको अध्यक्ष पाण्डेले वताए ।

यसैगरि रिजालको उपचारका लागी विभिन्न संघसंस्था र व्यक्तिहरुवाट समेत आर्थिक सहयोग जुटाउने क्रम जारी छ ।