माैरी पालन क्षमता अभिवृद्धि तालिम सुरू (फोटोफिचर)

लमजुङ ।

प्रधानमन्त्री कृषि अाधुनिकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई लमजुङ मनाङकाे अायाेजनामा माैरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएकाे छ । सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएकाे तालिममा जिल्लाका माैरी जाेन कमान्ड क्षेत्रका माैरी पालक कृषक तथा स्राेत केन्द्रहरूमा कार्यरत ब्यक्तिहरूकाे सहभागिता छ ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पुर्व कार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जाेन सञ्चालक समितिका संयाेजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, माैरी उद्दमी मीनबहादुर गुरूङ, परियाेजनाका नायव प्राविधिक सहायक बुद्वीलाल अालेले प्रशिक्षण दिएका छन् । तालिममा सहभागीलाई प्रयाेगात्मक सिकाईसहित माैरी पालनमा अावस्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए । तालिमकाे उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरूङले माैरी पालनलाई ब्यवसायिक बनाउँदै अार्थिक उन्नतिमा लाग्न किसानहरूलाई अाग्रह गरे ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.