वृहत लाखे नाँच प्रतियोगितामा गाछेपानी हट्टेली नेवा पुच एकीकृत साँस्कृतिक समुह शुक्लागण्डकी प्रथम

हाम्रो संस्कृति हाम्रो पहिचान, यसको जगेर्ना र सम्र्वद्धन हाम्रो अभियान भन्ने मुल नाराको साथ नेवा देय दवु, गण्डकी प्रदेश समिती द्धारा आयोजित वृहत लाखे नाँच प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गाछेपानी हट्टेली नेवा पुच एकीकृत साँस्कृतिक समुह शुक्लागण्डकी प्रथम हुन सफल भएको छ भने रुपा देउराली नेवा खल कास्कीले दोश्रो उपाधि जित्न सफल वनेको छ ।


यस्तैगरि गल्याङ्ग नेवा समाज स्याङजा, वेशीशहर नेवा खल लमजुङ, देवी देउराली गोर्खा, देवचुली नेवा गुठी कावासोती, भिष्म नेवार समाज साँस्कृतिक खल, भीमाद, नेवा सास्कृतिक पुच पर्वत, सृजनशिल नेवा खल खैरेनीटार रनेवा देय दवु शहीद लखन थापा गाँउपालिका गोर्खा सान्त्वना हुन सफल भएको निर्णायक समितीका संयोजक चन्द्रमान मुनिकारले वताएका छन् ।


प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार, दोश्रो हुनेले ६१ हजार रुपैया, र अन्य ८ उत्कृष्ठ टोलीलाई जनही १५÷१५ हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सो प्रतियोगितमा गण्डकी प्रदेश भरिका ४९ टिमको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.