थर्पु खानेपानी उपभोेक्ता समितीको अध्यक्षमा भिमलाल ।

थर्पु

थर्पु वजार खानेपानी उपभोक्ता तथा सरसफाई समितीको २३ औ साधारणसभा तथा छैटौ अधिवेशनवाट अध्यक्षमा भिमलाल श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको अध्यक्ष शेरकुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले भिमलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो ।


अधिवेशनवाट उपाध्यक्षमा आशा देवी गुरुङ्ग, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यहरुमा संगिता श्रेष्ठ, गिता थापा, पुर्ण वहादुर सारु, मोहन मल्ल शाही, अनिल वाग्ले, खम वहादुर नेपाली र देउ नारायण अधिवेशनवाट सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले उद्घाटन गर्नुभएको सो अधिवेशनमा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ लगायतका व्यक्तिहरुले सम्वोधन गरेका थिए । नयाँ समितीको कार्यकाल २ वर्षको रहनेछ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.