म्याग्दे गाँउपालिका वडा नं ७ मा Mealy Bug रोगले धान खेतीमा असर पारेको छ । वडा नं ७ को पयेरमा करिव ३०० रोपनी जग्गामा लगाईएको धान खेतीमा रोगले असर पारेको हो ।

झट्ट हेर्दा खैरे रातो रोग जस्तो देखिने भएता यसको रोकथामका लागी जिङ्ग सल्फेट हालेता पनि केही सुधार नभएको स्थानियले वताए । पछि यसको जानकारी गाँउपालिकामा गराएपछि गाँउपालिकाको उपाध्यक्ष, वडा नं ७ का अध्यक्ष वसन्त कुमार श्रेष्ठ र कृषि प्राविधिकको टोलीले सो धान खेतीको निरिक्षण गरेको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद (NARC) खुमल्टार भैरहवाको परामर्शमा केमिकल chemical insecticide Imidacloprid कृषि शाखाको समन्वयमा उपलव्ध गराएको थियो । वालीमा यो औषधी छर्किसकेपछि केही सुधार भएता पनि निराकरण नभएको स्थानिय कृषक अम्विका वाग्लेले वताए । करिव ५० जनाले कृषकले ३०० रोपनी जग्गामा लगाईएको धान खेती मध्ये १७० रोपनी जग्गामा लगाईएको धानखेतीको १५ लाख वरावरको नोक्सान भएको कृषक वाग्लेले वताए ।

वालीको सुधारका लागी अर्को विषादी Nitenpyram छर्किने कृषि शाखाका प्रमुख रुक्मित घिमिरेले वताईन् । धान काट्ने वेलामा रोग लागेपछि कृषकलाई समस्या परेको हुदाँ यसको वर्गिकरण गरेर क्षतिपुर्ति दिईने गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो ।
Mealy Bug को प्रकोप म्याग्देमा मात्र नभई सुनसुरी, चितवन लगायत जिल्लामा पनि देखिएको वताईएको छ ।










