‘लङ्गडो काग्रेस’

वि वि श्रेष्ठ

नेपालको सवैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको रुपमा परिचित नेपाली काग्रेस आज लङ्गडो वनेको छ । देशको नै पुरानो र सवैभन्दा ठुलो पार्टी काग्रेस आज कसैको सहारा विना वाँच्न नसक्ने भएको छ । एक्लै हिड्न नसक्ने भएको छ । काग्रेस पार्टीको स्थापना कालदेखी अहिलेसम्मको अवधिलाई मिहिन ढंगले केलाउने हो भने काग्रेस कसरी लङ्गडो भयो भनेर धेरै घोत्लिन पर्देन । तर घोत्लिने, मिहिन समिक्षा गर्ने ल्याकत र क्षमता आफैले आफैलाई प्रजातान्त्रिक दावी गर्नेहरुलाई छैन । यहि नै हो, नेपाली काग्रेसको समस्या ।
कुनै समय थियो, देश नै काग्रेस । काग्रेस वाहेक फरक विचार समुहलाई वाँच्न नै कठिन, तर अहिले समय सन्र्दभ फेरिएको छ । अहिले काग्रेस फरक विचार समुह विना वाँच्न सक्दैन । फरक यति हो । यति धेरै परनिर्भरतामा कसरी पुग्यो ? नेपाली काग्रेस ।
जतिसुकै लोकतन्त्र, प्रजातन्त्र र विचारको सम्मान भनेता पनि त्यो त देखाउने दाँत मात्र रहेछ । काग्रेसमा भएको यहि हो । पार्टीभित्रको विचार समुह पनि शक्ति र सत्ताको अगाडी लाचार हुदाँे रहेछ, छाँया पर्दो रहेछ । जुन अहिले भएको नेपाली काग्रेसको महाधिवेशन । १३ औ महाधिवेशन सकेर १४ औ महाधिवेशनको अघिल्लो दिनसम्म देउवाको विरोध गर्ने रामचन्द्र पौडल होस वा प्रकाशमान सिंह । यिनिहरुको विचार हेर्दा लाग्दथ्यो, अव नेपाली काग्रेस भित्र देउवाका विकल्प धेरै छन् । यति धेरै देउवा विरोधी स्वरहरु गुन्जियो कि लाग्दथ्यो, देउवाको विरोध गर्नुभन्दा वोल्नु अरु केही छैन । देउवा विरोधी नेताहरुको यो अभिव्यक्तिले जुर्मराएको कार्यकर्ता अव साँच्चै काग्रेसभित्र नयाँ नेतृत्व आउन र देशमा परिवर्तन हुने आशामा थिए । यो आशामा तव तुवाँलो लागिदियो, काग्रेसमा सवैभन्दा देउवाको विरोध गर्ने रामचन्द्र पौडेल देउवाका सवैभन्दा ठुलो सारथी वनिदियो । अवसर नपाउदाँ क्रान्तिकारी कुरा गर्ने प्रकाशमान सत्ता र शक्तिका लागी देउवाका पाउमा तत् शरणम गरे । विमलेन्द्र निधि त त्यसै पनि देउवाका गुलाम नै थिए, देउवाले उठाएका पात्र । उसको समिक्षा नै असान्र्दभिक हुन्छ । फरक विचार समुह वोकेका शेखर कोईराला देउवाका १४ औ महाधिवेशनमा कडा प्रतिष्पर्धी थिए । परिवर्तनका लागी लड्नेहरु शेखरको साथमा अविरल लागिरहे । महाधिवेशनमा भएको भिडन्तमा देउवाले २२५८ मत, शेखरले १७०२ मत, प्रकाशमान सिंहले ३७१ मत विमलेन्द्र निधिले २५० मत र कल्याण गुरुङ्गले २२ मत प्राप्त गरे ।

शेखरको १७०२ मत र देउवा वाहेकका ६४३ मत एकठाँउमा हुदाँ स्वत शेखर नेपाली काग्रेसको १४ औ अधिवेशवाट निर्वाचित सभापति वन्थे । शेखर सभापति भए काग्रेस पुर्नजागृत र भरिलो वन्थ्यो । दोश्रो चरणका चुनावमा रामचन्द्र र प्रकाशमान शेखर कोईरालाको पक्षमा उभिएको भए शेखर कोईराला नेपाली काग्रेसको सभापति वन्थ्यो । तर रामचन्द्र र प्रकाशमान पनि देउवाको कुटिल चालको सारथी वने । नेपाली काग्रेसलाई यथास्थिती, परिवर्तन विरोधी र लङ्गडो काग्रेस वनाउन अहं भुमिका खेले ।


देउवा सारमा नेतृत्व गर्ने व्यक्ति होईन । व्यक्ति केन्द्रित राजनितीमा सफल देउवा जति पटक देशका प्रधानमन्त्री वने, देश र जनताले सम्झन लायक काम गरेनन् । सवै विवादित देउवा नेपाली काग्रेस भित्रका सवैभन्दा अलोकप्रिय पार्टी सभापति र प्रधानमन्त्री समेत हुन् । यो नेपाली काग्रेसको आम कार्यकर्ताको भावना हो । तर पनि फेरि देउवा, प्रश्न यहि नेरा गम्भिर छ । यति धेरै अलोकप्रिय, असफल नेता पुन पार्टी सभापति र प्रधानमन्त्री । पार्टी सामुहिकतामा चल्दछ भन्नेलाई गज्जवको झापड हो, देउवाको पुन आगमन । पार्टी सामुहिकतामा हैन, देउवाको ईच्छा र चाहनाले चल्दछ भन्ने कुरा १४ औ महाधिवेशनले पनि पुष्टि गरयो भने गएको स्थानिय तहको निर्वाचन र अव हुने निर्वाचनले पनि पुष्टि गर्दछ । जुन निर्वाचनले काग्रेसलाई झन लङ्गडो वनाउदैछ ।
१३ औ महाधिवेशनवाट १४ महाधिवेशनको अवधिसम्म सवैभन्दा ठुलो देउवाको प्रतिपक्ष थिए, रामचन्द्र पौडेल । नेतृत्वको नेतृत्वदायी भुमिकाको परिक्षण अफठयारो समयमा हुने गर्दछ । रामचन्द्रको परिक्षण पनि यहि सन्र्दभमा भयो । यहि वाट रामचन्द्रको राजनितीमा भुमिका खुम्चियो । पदका लागी जता पनि वग्न सक्ने रामचन्द्रको हैसियत आम कार्यकर्ता र जनताले नजिकवाट वुझे । देउवाको राष्ट्रपति र अवको प्रधानमन्त्रीको उधारो आश्वासनमा फसेका पौडेल त्यसपछि देउवाका सवैभन्दा नजिकका पात्र वन्न पुगे । वावु गणेशमानका नाम वेचेर राजनितीमा सधै शक्ति र सत्तामा रहन माहिर प्रकाशमान सिंह पनि देउवाका शक्तिका अगाडी लाचार वनिदियो । नेतृत्व परिवर्तनको यो संघारमा रामचन्द्र र प्रकाशमानले शेखर कोईरालालाई साथ दिएको भए, देउवा न पार्टी सभापति हुन्थे, न प्रधानमन्त्री । तर जव राजनितीमा ईमान र नैतिकताका साथ आवश्यकतामा जोड दिईदैन, रामचन्द्र र प्रकाशमान सिंह जस्ता लोन्डुप दोर्जेहरुले देश र जनतालाई वन्धक वनाई राख्दछन् । रामचन्द्र र प्रकाशमानको भुमिका पनि यहि हो । जसले आफनो राजनैतिक करियर त सके नै, देश र जनताको भविश्यमाथी नै खेलवाड गर्ने पात्रका रुपमा चित्रित भए ।
१४ औ महाधिवेशनको पहिलो प्रतिष्पर्धामा शेखरले १७०२ ल्याउदा देउवाले २२५८ मत ल्याएका थिए । प्रकाशमान, विमलेन्द्र र कल्याणको मत मात्र ६४३ थियो । दोश्रो चरणका चुनावमा रामचन्द्र र प्रकाशमानले शेखर कोईरालाको पक्षमा उभिएको भए शेखर कोईराला नेपाली काग्रेसको सभापति वन्थ्यो । तर रामचन्द्र र प्रकाशमान पनि देउवाको कुटिल चालको सारथी वने । नेपाली काग्रेसलाई यथास्थिती, परिवर्तन विरोधी र लङ्गडो काग्रेस वनाउन अहं भुमिका खेले ।
शेखरको १७०२ मत र देउवा वाहेकका ६४३ मत एकठाँउमा हुदाँ स्वत शेखर नेपाली काग्रेसको १४ औ अधिवेशवाट निर्वाचित सभापति वन्थे । शेखर सभापति भए काग्रेस पुर्नजागृत र भरिलो वन्थ्यो । तर नेतृत्वको सत्तालिप्सा, व्यक्ति केन्द्रित र असक्षमताका कारण आज काग्रेस दिन दुईगुणा रात चौगुना ओरालो लाग्दैछ भने सभापति देउवा ज्योतिषीको भविश्यवाणी पुरा गर्न गठवन्धनका नारा ओकालिईरहेका छन् ।
नेतृत्वको सत्तालिप्सा, असक्षमता र व्यक्ति केन्द्रित राजनितीले देश र जनतालाई कति असर पार्दछ भन्ने कुराको उदारहण हुन देउवा । सभापति के का लागी ? प्रधानमन्त्री के का लागी ? पुन सभापति र प्रधानमन्त्री हुनका लागी गरिएको तिकडममा आज नेपाली काग्रेसका निष्ठावान कार्यकर्ताहरु विचल्ली वनेका छन् भने देश खोक्रो वनेको छ तैपनि नेताहरु गुलामी र चाकडीवाजमा नै आफनो भविश्य खोजिरहेका छन् । यहि नै नेपाली काग्रेसको दुर्दशा । जसका कारण आम जनताले दुख, सास्ती भोगिरहेका छन् ।
प्रजातन्त्र र लोकतन्त्र पनि शक्ति र सत्ताका अगाडी लाचार हुने रहेछ, जुन देउवाले पुष्टि गरेर देखाईदिए । पटक पटक शक्ति र सत्ता प्राप्तिका चालमा लोकतन्त्रका दावेदारहरु नतमस्तक वनाईदिए । देउवाको यो व्यक्तिगत क्षमता हो । जहाँ देश र जनताको स्वार्थ लुकेको पाईदैन । व्यक्तिको स्वार्थताका अगाडी देश नै वन्धक वन्दो रहेछ । अहिले नेपाली काग्रेस र प्रधानमन्त्री देउवाको अवश्था यो भन्दा भिन्न छैन ।
सधै लोकतन्त्र र प्रजातन्त्रका लागी लडेका दावी गर्नेहरु अहिले देउवाको तानाशाही प्रवृत्तिको गुलाम वनेको छ । देउवाको गुलामी भित्र प्रजातन्त्र र विकास देख्नेहरुले नेपाली काग्रेस र देशलाई ने लङ्गडो वनाईदियो । देशको नै सवैभन्दा ठुलो पार्टी नेपाली काग्रेस र त्यसको नेतृत्व शेरवहादुर देउवा आज देशमा हुन कुनै पनि चुनाव एक्लै लड्ने हिम्मत राख्दैनन् । यो भन्दा लज्जाको विषय अन्य के होला र ? गठवन्धन देश र जनताको हितमा छ ? शेरवहादुर देउवा र रामचन्द्र पौडेलवाहेक सवै गठवन्धनको विरुद्धमा छन् । तर पनि नेतृत्वको अधिनायकत्वमा सति जानेहरुको कमि छैन, अव चुनाव पनि यहि हो । लोकतन्त्रमा प्रतिष्पर्धा सुन्दर पक्ष हो । नेपाली काग्रेसमा आस्थावान, त्याग, तपश्या र वलिदानीवाट वनेको यो सुन्दर पार्टी कहिल्यै उठ्न नसक्ने वनाउने पात्र हुन देउवा । जसले लोकतन्त्रको नाममा जनमतको हुर्मत लिए ।
सवैभन्दा लामो समय सत्तामा रहेको नेपाली काग्रेस आज सत्तामा रहेर पनि कसैको वैशाखीमा हिड्नै पर्ने वाध्यता छ । सत्तामा रहेर विपक्षाी पार्टी एमाले विरुद्ध गठवन्धन, लोकतन्त्रमा जे पनि सहज हुने रहेछ । सत्ता वाहिर रहेका दलहरुको विचमा गठवन्धन स्वाभाविकता भएता पनि सत्तामा आसिन दलहरु नै गठवन्धन गरि विपक्षी पार्टीसँग लड्नुपर्ने वाध्यतामा देउवाले नै पुरयाए । आफनो आम कार्यकर्ताको भावना र विचार विपरित गएर सवैभन्दा ठुलो राजनैतिक प्रतिष्पर्धा र दुश्मन वनेको माओवादी सँगको गठवन्धनमा रमाएको छ । यो देश र जनताको लागी नभै देउवालाई पुन प्रधानमन्त्री र रामचन्द्रलाई राष्ट्रपति वन्ने लालशा वाहेक अन्य केहि होईन । रामचन्द्रलाई प्रधानमन्त्रीको लालशा देखाएर पार्टीभित्र शक्ति आर्जन गर्ने देउवाको रणनिती भनेका आफै पुन प्रधानमन्त्री वन्ने नै हो । देउवालाई पटक पटक प्रधानमन्त्री वनाएर काग्रेसले कस्तो लोकतन्त्र र प्रजातन्त्र अनि विकासको कुरा गरेको हो, लाज नै लजाउछ ।
गठवन्धन के का लागी ? जित का लागी । जित के का लागी ? देउवालाई पुन प्रधानमन्त्री वनाउन गठवन्धन । यो भन्दा लज्जाको विषय अन्य हुन सक्दैन । काग्रेसलाई यति धेरै निरिहता र अपाङ्गता वनाउने देउवा नेपाली काग्रेसको मात्र होईन, देशका नै नालायक पात्र हुन् । जसले नेपाल र नेपालीको विकास र समृद्धिमा वाधक वनिरहे र वनिरहनेछन । नेपाली काग्रेसका तमाम कार्यकर्ताहरु कोही देउवाका पाउ मोल्दैछन भने कोही देउवाको उत्पीडन, अत्याचार र अधिनायकवादको विरुद्ध संघर्ष गर्देछन् । जसले देउवा विरोधी गतिविधिमा सक्रिय सहभागीता जनाए उनिहरु नै हुन् नेपाली काग्रेसका सच्चा कार्यकर्ता । जसले देश र जनता परिवर्तनका नारा ओरालिरहनेछन् ।
देशलाई धेरै समय वन्धक वनाईसकेका देउवाको वर्हिगमन नै देश र काग्रेसका लागी श्रेयस्कर हुनेछ । किनकी देउवा पटक पटक असफल सिद्ध भईसके । नेपाली काग्रेस जस्तो सवैभन्दा ठुलो दललाई आज कसैको वैशाखी विना हिड्न नसक्ने वनाउने देउवावाट अव काग्रेस र देश परिवर्तनका आशा राख्नु भनेको मुर्खता शिवाय अन्य केही होईन ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.