म्याग्दे वडा नं ७, रानीश्वाँरा
४ वर्ष अगाडी काम गर्दा गदै अचानक ढलेका म्याग्दे वडा नं ७, स्वामीधारा निवासी सोम वहादुर सार्की यस अवधिमा आफनो स्वास्थ्य स्थितीको सुधारका लागी धेरै ठाँउमा धाए । प्रेसरका कारण आफनो यो अवस्था आएको वुझेका सार्की त्यसपछिका दिनहरुमा ह्वीलचेयरको माध्यामवाट जीवन वाचिरहेका थिए ।

त्यसमाथी निम्न आर्थिक अवस्था, चेतनाको अभावका वीचमा चलेको जीवन घरभित्र नै सिमित हुन पुग्यो । उपचार गर्न सजिलै जान नसकिने र गईहालेता पनि आर्थिक अभाव झेलेका सोम वहादुर सार्कीको अवस्थाले सिंगो घरलाई नै प्रभावित वनायो । घरको मुली, त्यसमाथी पनि विपन्न जीवन विताउन वाध्य वनेका सार्कीलाई म्याग्दे गाँउपालिकाद्धारा स्वामीधारामा आयोजित घुम्ति शिविरवाट घरमा नै पुगेर निलो रंगका अपाङ्गता परिचय पत्र प्रदान गरेपछि धेरै नै राहत महशुश गरेको सार्कीले वताए ।
अपाङ्ग भईसकेपछि पनि अपाङ्गता परिचय पत्र वनाउनका लागी जाने कोशिश गरेता पनि वडा कार्यलय र पालिका पनि धेरै टाढा रहेको र भौतिक रुपमा पनि असहज भएर घरमा नै जीवन व्यतित गरिरहेका थिए । अपाङ्ग भएता पनि वडासम्म लान सक्ने अवस्था नहुदाँ हामी निरिह वनेका थियौ, वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले वताए । शिविरको अवसरमा घरमा नै आएर परिचय पत्र वितरण गर्न पाउँदा अत्यन्त खुशी छु, अव सोम वहादुर सार्कीले सरकारी सेवा सुुविधा पाउने र परिवारका लागी केही भएता पनि राहत हुने वडाध्यक्ष श्रेष्ठले विश्वास गरे ।

निलो रंगको अपाङ्गता प्राप्त गरेपछि माशिक रुपमा अपाङ्गता समाजिक सुरक्षा भत्ता वापत ३ हजार नेपाल सरकारले उपलव्ध गराउने छ भने यातायातमा भाडामा छुट, व्यवसायमा केही प्रतिशत छुट, यातायात खरिदमा छुट, अपाङ्गता अधिकार लगायतका सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरि आज भएको म्याग्दे ७ को रानीश्वाराको शिविरमा वर्ष ५९ का कृष्ण वहादुर विकले पनि घरमा नै कोभिड खोप प्राप्त गरको छन् । प्रेसरवाट नै खुट्टा काटुनपरेपछि अपाङ्ग वनेको विक घरमा नै आएर कोभिड खोप प्राप्त गरेपछि खुशी व्यक्त गरे । स्थानिय सरकार भएको महशुश भएको छ । सवैले खोप लगाईसकेपनि आफु खोप केन्द्रसम्म जान नसक्दा घरमा नै आएर खोप लगाईदिदा आभारी छु, विकले भने ।

यसैगरि सोही ठाँउ निवासी भवराज जैशीले पनि घरमा नै कोभिड सेवा पाउदाँ खुशी व्यक्त गरे । पालिकाको यो कदमले हामीजस्ता अपाङ्गता र वृद्धवृद्धलाई ठुलो राहत मिलको हुदाँ अन्य चरणको कोभिड खोप पनि घरमा नै आएर लगाईदिन पालिकालाई आग्रह गरे ।

असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने दोश्रो चरणको एकीकृत घुम्ति शिविर पालिकाका ५, ६ र ७ नं वडामा संचालन हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो ।













