युवालाई स्वनिर्भर वनाउनुपर्दछ – केदार सिग्देल (फोटोफिचर)

घिरिङ्ग गाँउपालिका

नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले युवा शक्ति नै परिवर्तनका आधार भएको हुदाँ युवालाइृ स्वनिर्भर वनाउनुपर्ने वताउनुभयो । अवको अर्जुनदृष्टि विकास र समृद्धि हो । यसका लागी युवा शक्तिको दरिलो आड चाहिन्छ, जसले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्दछ, चुनावी अभियानको क्रममा घिरिङ्ग गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा वहाँले सो कुरा वताउनुभएको हो ।


हामीले विकासको नाममा विकास मात्र होईन, अवको अर्जुनदृष्टि भएको समृद्धि सहितको विकास हुनुपर्दछ । त्यसका लागी उत्पादनमा जोडिनुपर्दछ । जव उत्पादन हुन्छ, विकासले गति लिन्छ, सिग्देलले वताउनुभयो ।


युवा शक्तिको उचित परिचालनले नै समाज निर्माण र देश समृद्ध हुने हुदाँ त्यसको लागी युवालाई स्वनिर्भर वनाउन भुमिका खेल्नुपर्ने वताए । देशले मात्र होईन, हामीले नै हरेक ठाँउमा आफनो जिम्मेवारिता वहनका लागी तत्परता देखाउने हो भने समृद्धि असम्भव नभएको वताए । युवा शक्तिको सदुपयोग गर्न सकिएमा आत्मनिर्भर वन्ने र त्यसले समाजमा मात्र नभई देशमा नै सकारात्मक प्रभाव पार्ने समेत केदार सिग्देलले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.