अविचल आस्था मणि
तनहुँ, नेपाल ।
बिहानै सर्र हावाले आएर सर्सराउँदा पन्छीले नीडमा बस्दै
मधूर गान गाउँदा शिशु चापल्यले मेरो निंद टुटी सके पछि
उषा मिर्मिरमा खोजे प्रियता मनकी सखी आहा आज उदाइछौ तिमी
एक बिहानीमा कल्पनामैं बित्यो रात आँसु भिज्यो सिरानीमा
चोखो मुस्कान सङ्लो प्रेमको आर्द्र भाव हो देख्छु जिन्दगी
जो नौलो त्यो प्यारको प्रभाव हो आँखा छन् मिर्मिरे ज्योति
बोके जस्ता चहकिला श्वासप्रश्वासको वेग, फूल जस्तै
सुवासिला मुटु भित्र अझै बग्छ प्रेम पियूषको जल जता
हेर्छु उतै देख्छु ज्योति झल्मल झल्मल बोल्दछयौ सुस्त
हाँसोमा, खोल्दछ्यौ दिलका धुन कर्मको जिन्दगी भोग्छु,
साथ रम्ने कला सुन आत्मा भित्र सधैँ खेल्छन् आशाका
दिव्य माधुरी त्यत्ति तिमी उजेलिन्छ्यौ, दिव्यताको सुवासली
देखें जो जिन्दगी भन्छ्यौ, वाह्यरूपहरू जुन मिथ्या चरित्रमा
घुम्ने हो कि होइन त्यो गुन आई रम्रम बोलीमा सुस्त खोल
सबै कुरा पूर्णताले गरोस् बास, फक्रिई दिव्य आँकुरा








