भैसी पालेर माशिक ५० हजार कमाउँछु – श्रेष्ठ

म्याग्दे–४

प्रति महिना १० हजार जग्गाको भाडा तिरेर म्याग्दे–४, मा असिम भैसी फर्म संचालन गरेको समिक्षा श्रेष्ठले माशिक ५० हजार कमाउछन् । विदेश गएर अर्काको देशमा श्रम गर्नुभन्दा घरपरिवारका साथ भैसी व्यवसाय शुरु गरेका श्रेष्ठले आठ रोपनी जग्गा भाडामा लिएर अशिम भैसी फर्म संचालन गरेका हुन् ।


प्रति भैसी २ लाख ५० हजारका दरले ६ वटा भैसी खरिद गरेर व्यवसाय शुरु गरेका श्रेष्ठले अहिले आफनो कामप्रति पुर्ण सन्तुष्ट भएको वताए । आखिर जहाँ गएपनि श्रम गर्नु नै पर्दछ, त्यो भन्दा आफनो देशमा नै केही गरौ भन्ने मनसायले वैकवाट ऋण लिएर व्यवसाय शुरु गरेको श्रेष्ठले वताए । अहिले श्रेष्ठको असिम भैसी फर्ममा त्यस भैसीका पाडा पाडी गरेर ७ वटा गरि १३ वटा भैसी छन् ।


जग्गा भाडामा नै लिएर भैसीका लागी घाँस लगाएका श्रेष्ठले आफनो परिवारवाट मात्र भैसी फर्म संचालन गरेका हुन् । हालसम्म गरि करिव ३० लाख लगानी गरिसकेको श्रेष्ठले उक्त भैसीवाट दैनिक ४० लिटर दुध उत्पादन हुने वताए । स्थानिय वजार थर्पु र आसपासमा नै आफनो उत्पादित दुधको वजार क्षेत्र भएको वताए । वजार सानो भएता पनि गाँउगाँउमा गएर दुध वेच्ने गरेका श्रेष्ठले परिश्रमको फलले आफु सन्तुष्ट भएको वताए ।


परिवारका साथ वसेर माशिक ५० हजार वचतले आफनो परिवार सजिलै सँग चलेको छ । सम्पुर्ण खर्च कटाएर हुने वचतले उत्साहित वनेको श्रेष्ठ यो कर्म गर्दा आफु निरोगी र फुर्तिलो समेत वनेको वताए । हालसम्म कुनै पनि संघ संस्थावाट अनुदान नपाएको श्रेष्ठले म्याग्दे गाँउपालिकामा अनुदानका लागी निवेदन दिएको र पालिका नै व्यवसाय निरिक्षणमा आँउदा खुशी लागेको वताए । कृषि र उत्पादनमा जोडिनेलाई पालिकाले अनुदान दिई व्यवसाय गर्न प्रेरित गर्नुपर्दछ र वजारको व्यवस्था गर्नुपर्दछ, श्रेष्ठले भने ।


अनुदानका लागी व्यवसायिक फर्ममा निरिक्षण गर्न पुगेका समितीका संयोजक वालकृष्ण घिमिरे, पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले श्रेष्ठले गरेको भैसी फर्मले उत्साहित वनेको वताए । युवाहरु उत्पादनमा जोडिनु खुशीको कुरा हो, व्यवसाय प्रवद्र्यन गर्न पालिका सदैव तैयार रहेको घिमिरेले वताउनुभयो । यसैगरि पालिका अध्यक्ष श्रेष्ठले समृद्ध म्याग्दे अभियानको शुरुवात उत्पादन र कृषि भएको हुदाँ कृषकको आवश्यकतालाई पुरा गर्न पालिका कृषक सँग हातेमालो गर्न तैयार रहेको वताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.