बिहिबार दोर्दीका विद्यालयमा शोक विदा

जनक श्रेष्ठ

पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिकाभित्रका विद्यालयहरुमा बिहिबार शोक विदा दिने भएको छ । पालिकाको वडा नं. ७ फलेनी लप्सीबोट स्थित जीवन अम्मर आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन गुरुङको उपचारका क्रममा आज असामायिक निधनका कारण शोक विदा दिएको हो ।

दोर्दी गाउँपालिकाद्धारा आज एक शोक विक्षप्ती जारी गर्दै उक्त जानकारी गराइएको हो । दोर्दी गाउँपालिका युवराज अधिकारी र शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेद्धारा हस्ताक्षर गरिएको सो विज्ञप्तीमा गाउँपालिकाद्धारा गुरुङको उपचारका क्रममा निधनका कारण स्तब्ध भएको र शोकको यस दुखद घडीमा मृतआत्मको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गरेको छ । शिक्षा शाखाका प्राविधिक सहायक राजेश अधिकारीका अनुसार पालिकामा ५१ वटा सामुदायिक विद्यालय रहेका छन् ।

गुरुङको आज बिहान ४ बजेतिर करिब ३४ वर्षको उमेरमा निधन भएको बताइएको छ । दुई तीन वर्षदेखि गुरुङको रगतमा खराबी र शरिरमा आएको गाठागुठीको कारण उपचार तथा औषधी सेवन गर्दै आएको र केही समयअघि उपचार गर्न काठमाडौ पुगेपनि उपचारका क्रममा निधन भएको बुझीएको शिक्षा शाखाले जनाएको छ । गुरुङ विसं. २०६६ देखि पहिलो पटक सोही विद्यालयका शिक्षकका रुपमा रहेको र निरन्तर शिक्षककै रुपमै अघि बढ्दै विसं. २०७३ देखि सोही स्कुलकै प्राधानाध्यपकका रुपमा कार्यरत रहदै आउनु भएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.