सूर्योदय मावि व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी

दोर्दी गाउँपालिका वडा नं. १ भारतेस्थित सूर्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा एमालेका इन्दिरा लम्साल अधिकारी निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनबाट अधिकारी नेतृत्वमा एमालेको प्यानल नै निर्वाचित हुन सफल भएको छ । आज भएको निर्वाचनमा पदमबहादुर विकले ५३ मत,, पूर्णबहादुर भुजेरले ५४ मत, कुमारी भुजेलले ५२ मत र जानुका अधिकारीले ५८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

चारमध्ये तीन जना एमालेका र एक जना माओवादी केन्द्रकी जानुका निर्वाचित भएको हो । कांग्रेस र एमाले माओवादी केन्द्रको संयूक्ती प्यानल बीच प्रतिस्पधा भएको थियो । कांग्रेस प्यानलका दानबहादुर अधिकारीले ४६ मत,बिकुराम परियारले ४२ मत,सुक्रधार भुजेलले ४६ मत र विष्णुमाया अधिकारीले ४२ मत प्राप्त गर्दै समितिको सदस्य पदमा पराजित हुन पुगेको थियो ।

निर्वाचित सदस्यहरुले समाजसेवीमा लम्साल अधिकारी र मनबहादुर गुरुङ चन्ददाताको तर्फबाट मनोनित गरेको थियो । मनोनित भएसँगै समितिको अध्यक्षतामा लम्साल अधिकारीलाई चयन गरिएको हो । उक्त निर्वाचनमा १०६ जनाले मतदान गरेका थिए । यस समितिको अध्यक्षसहित ९ जना सदस्य रहने व्यवस्था छ । यस समितिमा विद्यालयका प्रधानाध्यापक काशीनाथ अधिकारी सदस्य सचिव, एक शिक्षक प्रतिनिधि राजेन्द्र मदन अधिकारी र एक जना वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी रे छ । यस समितिको तीन वर्षे कार्यकाल रहनेछ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.