व्यास ७ मा दलित सचेतना तालिम

तनहुँ

व्यास नगरपालिका वडा नम्बर ७ मा ३ दिवसीय दलित सचेतना तालिम सुरु भएको छ । व्यास नगरपालिका वडा नम्बर ७ को आयोजना र परिवर्तनका लागि मिडियाको संयोजनमा शनिबारदेखि सुरु तालिममा जातिय छुवाछुत र विभेद विरुद्धका कानुनी व्यवस्था, जातिय संरचना र त्यसले समाजमा पारेको प्रभाव, औपचारिक कार्यक्रम कला लगायतको बारेमा दलित सहभागीलाई प्रशिक्षण दिईएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्ण न्यौपानेले समाज परिवर्तनको अवरोध नै जातिय छुवाछुत र विभेद भएकोले त्यसको विरुद्ध सबै जागरुक हुन आवश्यक रहेको बताए । हरेक खालको विभेदलाई समाप्त गर्न आफू वडातहमा सकृय रहेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । छुवाछुत दलितको मात्र समस्या नभएर सबै मुलुककै समस्या भएको उनले बताए ।
व्यास नगरपालिका नगर कार्यपालिका सदस्य नीला घिमिरेले हरेक स्थानीय तहबाटै जातिय विभेद र छुवाछुत विरुद्धको आवाज उठ्नुपर्ने बताउनुभयो । दलितहरु संगठित भई जातिय विभेदको विरुद्ध दलितहरु जुट्दै जानु सकारात्मक भएको समेत उनले बताईन् । दलितहरुलाई विवाह र भोज भतेरमा नबोलाउने गरी जातिय छुवाछुतको नयाँ रुप देखिएकोले सचेतना कार्यक्रम गर्नु परेको व्यास नगरपालिका ७ नम्बर वडा सदस्य सरस्वती विकले बताईन् ।
युवा लेखक तथा प्रशिक्षक विनोदकुमार विकले दलित जाति उत्पत्ति कसरी ?, पत्रकार पूर्ण विकेले औपचारिक कार्यक्रम संचालन विधि बारे तालिमको पहिलो दिन सहजीकरण गरेका थिए । दलितहरुलाई तालिम प्रदान गरी नेतृत्व तहमा पु¥याउन आवश्यक ठानेर वडाबाट तालिम प्रदान गरिएको व्यास ७ वडा सचिव सन्तोष गोदारले बताए । कार्यक्रममा ३५ जना सहभागी रहेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.