नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव योगेश भट्टराईले माओवादी पार्टीले मन्त्री पद दिएर पद माग्ने ठाँउमा काग्रेस आईपुगेको वताए । ३२ सिट भएको माओवादीले ९० सिट भएको काग्रेसलाई मन्त्री पद दिने अवस्था आउनु गलत भएको भट्टराईले वताए ।
आम निर्वाचन जस जसका कारण चुनाव भयो, त्यसले जित्न नहुने समेत भट्टराईले वताए । नेपालको सवैभन्दा ठुलो दल नेपाली काग्रेसलाई माओवादी पार्टीले मन्त्री पद दिनुपर्ने अवस्थाले काग्रेसको धरातल प्रष्ट भएको समेत वताए । नेपाली काग्रेस देशको सवैभन्दा ठुलो पार्टी भएता पनि प्रचण्डको निगाहामा रहनुपर्ने वाध्यतामा पुगेको वताए ।

नेकपा एमालेले तनहुँ क्षेत्र नं १ का गएको निर्वाचनमा २० हजार मत ल्याएको, अहिले माओवादीले गठवन्धनलाई सवै भोट नहाल्ने, माओवादीको आधा भोट एमालेलाई आउने साथै जोशी समुहको भोट पनि एमालेलाई आउने हुदाँ एमालेको जित निश्चित भएको समेत भट्टराई वताए ।
नेपाली काग्रेस सवैभन्दा ठुलो दल भएर पनि गठवन्धनका नाममा देउवाले पार्टी अस्तित्व नै संकटमा पारेको समेत वताए । गठवन्धनको संस्कृतिले देशलाई निकास नदिने हुदाँ काग्रेसमा प्रतिष्पर्धा गर्न सक्ने ल्याकत नभएको समेत वताए ।

देशको अर्थतन्त्र धरापमा परेको हुदाँ गठवन्धन सरकारले झन झन कमजोर वनाएको छ । नयाँ शक्तिका नाममा दुख गरेको र लामो राजनैतिक आन्दोलन गरेको व्यक्तिको भुमिका कमजोर वनाएको । हिजो देखि आजको यो अवस्था सम्म आईपुग्दा अनेकौ राजनैतिक आन्दोलन भएको तर त्यसको अवमुल्यान गरेको समेत भट्टराई वताए । एमाले सच्चिएको कारण आजको यो अवस्थामा आईपुगेको हुदाँ पार्टी रुपान्तरणको विकल्प नभएको समेत वताए । भट्टराईले सो कुरा प्रेस चौतारी नेपाल तनहुँ शाखाको आयोजनमा गरिएको पत्रकार सम्मेलनमा वताएका हुन् ।








