गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरकारले विपद व्यवस्थापनमा अभिभावकिय भूमिका निर्वाह गर्ने बताउदै विपद् व्यवस्थापन कार्यालाई प्रथामिकतामा राखेर बार्षिक रुपमा बजेटको व्यवस्थापन गर्दै आएको बताए । मुख्यमन्त्री पाण्डेले सोमवार तनहुँको व्यास नगरपालिका ५ र वडा नम्बर १० को बिचमा पर्ने पतेनीटारको मादी नदी किनारमा विपद नमुना अभ्यासको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको सयुक्त आयोजना तथा कालीभञ्जन गणको संयोजकत्वमा सञ्चालित उक्त विपद नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मुख्यगरि गोरखा , मनाङ र मुस्ताङ्गमा हिमपहिरो तथा तराईसंग जोडिएका जिल्लाहरुमा डुवान तथा पहिराेकाे चपेटामा पर्ने उल्लेख गर्दै पछिल्लो समयमा प्राकृतिक तथा मानवसिर्जित विपदका घटनाहरु बढ्न थालेकोले यसको प्रतिकार्यमा सुरक्षा निकाय, स्थानिय बासिन्दा र अन्य निकायहरु सजग हुनुपर्ने बताए ।
पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बानियाले नेपाली सेना विपद व्यवस्थापनमा अग्रपक्तिमा रहेर जनताको जिउ धनको सुरक्षामा लागिपरेको बताए । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विपदमा परेकाहरुलाई जतिसक्दो छिटो न्याय दिन स्थानिय सरकार र प्रदेश सरकार प्रतिवद्ध रहनुपर्ने बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विपदका लागि सुरक्षा निकायका पदाधिकारीहरु, रेडक्रसकर्मीहरु र स्थानिय विपद सम्बन्धी इकाइहरु तम्तयार भएर बस्नुपर्ने बताए ।

त्यस अवसरमा श्री ३ नम्बर अड्डाका बाहिनीपति सहायक रथी गौरबकुमार केसी, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक वुद्धिराज गुरुङ, गण्डकी प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायव महानिरिक्षक कालीदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभाग प्रमुख प्रमुख अनुसन्धान निरिक्षक मधु केसी लगायत तनहुँ जिल्ला स्थित सुरक्षा निकायहरु, नेपाली सेनाका अधिकृतहरु, स्थानिय तहका प्रमुख एवं प्रतिनिधिहरुको वृहत उपस्थिती रहेको थियो । त्यस अवसरमा नेपाली सेनाले मादी नदी किनारमा बनाइएको डमी घरहरुमा आगलागी नियन्त्रण बाढीबाट बगाएका मानिसहरुको उद्धार, भुकम्पमा पुरिएकाहरुको उद्धार तथा खोजी, पहिरोबाट पुरिएकाहरुको उद्धार तथा खोजी र अपनाउनुपर्ने सचेतनाहरुको बारेमा पूर्व अभ्यास गरेको थियो ।

विपद नमुना अभ्यास सम्पन्न भएपश्चात अभ्यासमा सहभागी तथा पत्यक्ष परोक्ष सहयोग गर्ने विभिन्न कार्यालय संघ संस्थाहरुलाई कदर स्वरुप मुख्यमन्त्री पाण्डेबाट प्रसशा तथा कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमले नेपाली सेना, प्रदेश सरकार, स्थानयि तह लगायत अन्य सरोकारवाला निकायहरु बिचको समन्वय र सहकार्यबाट सञ्चालन गरिएको विपद व्यवस्थापन सम्बन्धी तालिम र अभ्यासले सुरक्षा निकाय र सरोकारवालाहरुबिच सामुहिकताको भावनाको विकास हुँदै भावी दिनमा गण्डकी प्रदेशकै समग्र विपद व्यवस्थापन क्षमता अभिवृद्धि हुने अपेक्षा लिइएको छ ।











