नेपाल सरकारबाट नुमना विद्यालयका रुपमा छनोट भएको व्यास १ मा रहेको निर्मल माध्यमिक विद्यालयमा सात दिने स्याटलाइट बुट क्याम्प आइतवार सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको उक्त क्याम्पमा जिल्लाका सामुदायिक तथा संस्थागत गरि २२ विद्यालयका एक सय बढि विद्यार्थीहरुको सहभागीता रहेको छ ।

विद्यार्थीहरुलाई अन्तरिक्ष विज्ञान र स्याटलाइट सम्बन्धी ज्ञान दिदै स्याटलाइट प्रोग्रामिङ्ग निर्माण र निर्मित सामाग्रीहरुको प्रदर्शन गरी विद्यार्थीहरुमा प्रत्यक्ष र प्रयोगात्मक ज्ञान दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख वसन्तराज पौडेलले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा कौतुहलताको भावना विकास हुँदै सिर्जनशिलताको विकास हुने बताए । अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डाक्टर आभाष मास्के, विद्यालयका प्रधानध्यापक गणेशचन्द्र बस्नेत लगायतले सिकेको ज्ञानलाई व्यवहारमा उत्तानुपर्ने बताए । प्रतिष्ठानका संस्थापक अध्यक्ष मास्केले बालावालिकालाई स्पेस टेक्नोलोजीको बारेमा सानैदेखी ज्ञान दिनुपर्ने बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले किटको माध्यमबाट स्पेससंग सम्बन्धित विभिन्न यन्त्र तथा उपकरणहरुको अभ्यास तथा प्रशिक्षण लिएका थिए । त्यस अवसरमा अन्तरिक्ष प्रतिष्ठान नेपालको तर्फबाट प्राप्त भएका किटहरु विद्यालयलाई हस्तान्तरण गरिएको थियो । तालिम अत्यान्तै प्रभावकारी र अनुकरणीय रहेको विद्यालयका सहायक प्रधानध्यापक शिवलाल पन्थले बताए । कार्यक्रममा अन्तरिक्ष प्रतिष्ठान नेपालका स्याटलाइट रिर्सच फेलो विकल्प ढुङ्गाना, स्याटलाइट रिसर्च फेलो सागर कोइराला र स्याटलाइट डाटा रिसर्च फेलो रौनक पाण्डे प्रशिक्षण प्रदान गरेका थिए ।











