जिल्लास्थित दोर्दी गाउँपालिका वडा नं. ६ हरिगाउँमा एक घर एक धारा जडान गरिएको छ । यहाँका स्थानीयलाई शुद्ध खानेपानी घरघरै पु¥याउन दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टले यहाँका घरपिच्छे धारा जडान गरेको हो । चेनासा हरिगाउँ आमा समुह भवनमा एक धारासहित ४३ वटा खानेपानीको धारमा निर्माण गरिएको छ ।
गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङले भन्नुभयो, करिब ४० लाख ५१ हजार रुपैयाँ लगानीमा उक्त खानेपानी धारा जडान गरिएको हो । सो रकममध्ये दोर्दी गाउँपालिकाको ४ लाख २३ हजार ६ सय ७८ रुपैयाँ र गोर्खा वेल्फेयरले ३० लाख ४० हजार ५ रुपैयाँ १३ रुपैयाँ ४२ पैसा रहेको उहाँको भनाई छ । त्यस्तै, स्थानीयको ५ लाख ८७ हजार २ सय ६२ रुपैयाँ ५४ पैसा बराबर श्रमदान रहेको बताइएको छ ।

विसं.२०८० बैसाख ७ गते गते निर्माण सुरु गरिएको उक्त आयोजना यही असार १४ गते निर्माण सम्पन्न भएको थियो । गोर्खा वेल्फेयर ट्रष्टका प्रवन्धक बेलबहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारी र खानेपानी तथा सफाई उपभोक्ता समितिका अध्यक्ष बिराज गुरुङलाई सोमबार उक्त आयोजना हस्तान्तरण गर्नुभयो । आयोजना हस्तारन्त पश्चात् खानेपानी धारा उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले घरैपिच्छे धारा पु¥याउने अभियानलाई तिब्रता दिइएको बताउनुभयो । पालिका भित्रका नागरिकलाई शुद्ध खानेपानीसहित घरैपिच्छे धारा पु¥याउन बाँकी रहेको घर टोलमा छिट्टै घारा पु¥याउने लक्ष्य रहेको उहाँको भनाई छ ।
वडाध्यक्ष नन्दराज घले, सो उपभोक्ता समितिका अध्यक्ष गुरुङले यहाँका स्थानीयलाई पानीको दुख रहेपनि घरैपिच्छे धाराले सहज बनाएको बताएका थिए । यसअघि सार्वजनिक धारा २ वटा मात्र रहेपनि यतिबेला घरघरमै धारा आएपछि स्थानीय हर्षित भएका छन् ।








