नेपाली लेखक संघ तनहुँको आयोजनामा भानुभक्तिय रामायण बाचन कार्यक्रम सम्पन्न

२ सय १० औँ भानु जयन्तीको अवसरमा नेपाली लेखक संघ तनहुँको आयोजनामा विहिवार बालमन्दिर माविमा भानुभक्तिय रामायण बाचन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा आदिकवि भानुभक्त आचार्यको रामायण बाचनलाई जीवन्तता दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । व्यासका अध्यता तथा साहित्यकार काशीनाथ न्यौपानेले उद्घाटन गरे ।

सो अवसरमा न्यौपानेले आदिकविले कविताको माध्यमबाट नेपालीलाई एकताको सुत्रमा बाँधेको उल्लेख गर्दै पृथ्वीनारायण शाहले देशको भौगोलिक एकता बाँधेको नेपाललाई भानुले भावानात्मक रुपमा जोडेको बताए । भानुभक्त नेपाली भाषा, साहित्य र जातिलाई जोड्ने कवि भएको उनको भनाई थियो ।

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका सल्लाहकार डा.लक्ष्मीकान्त चापागाई, निर्बतमान अध्यक्ष गौकुमारी न्यौपाने, सचिव अन्जना तिमिल्सिना, सहसचिव दिवाकर घिमिरे, सदस्य महेन्द्र शर्मा, बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनाल, साहित्यकारहरु शान्ता बास्तोला, प्रेमप्रकाश भट्टराई, लक्ष्मी पौडेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य प्रदीप घिमिरे लगायतले यस्ता कार्यक्रम भानु जयन्तीमा मात्रै नगरी अन्य समयमा पनि गरेर भानुलाई सम्झनु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.