व्यास नगरपालिका वडा नम्बर ४ बागभञ्ज्याङमा १० दिने निशुल्क योग शिविर सुरु तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ मा रहेको वेदव्यास प्रथामिक विद्यालय बागभञ्ज्याङमा पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा १० दिने पतञ्जली योग विज्ञान शिविर सुरु भएकाे हाे।
“गरौँ योग रहौँ निरोग” भन्ने मुल नाराका साथ आयोजीत उक्त शिविर व्यास ४ मा रहेको वेदव्यास टोल विकास संस्थाको आयोजनामा सुरु भएको हो । उक्त शिविरको व्यास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर गुरुङले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै गुरुङले योग गर्नाले मानिसको आयुमा वृद्धि हुनुका साथै विभिन्न खालका स्थायी रोग समेत निवारण हुने चर्चा गर्दै सम्पूर्ण वडाबासीलाई योगमा जोडिन आग्रह गरे ।

वेदव्यास टोल विकास संस्थाका अध्यक्ष राधामाया कार्की, स्थानिय आमा समुहका अध्यक्ष सीता पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला ढकाल, सिमलटार टोल विकास संस्थाका सरोज बस्नेत, पतञ्जली योग समिति तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठ, लगायतका व्यक्तिहरुले योग र यसको महत्वको बारेम चर्चा गरेको उक्त कार्यक्रममा स्थानीय आमा, दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।








