एसओएस बालग्रामको सहयोगमा २,३०० कागतीको विरुवा रोपियो

एसओएस को सहयोगमा व्यास १४ मा २,३०० कागतीको विरुवा रोपिएको छ । एसओएसको अािर्थक सहयोग र वडा कार्यलयको समन्वयमा व्यास १४ मा २,३०० थान कागतीको विरुवा रोपिएको छ ।
एसओएस वालग्रामको समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पहिलो चरणमा २,३०० थान कागतीको विरुवा रोपिएको वालग्रामका संयोजक अमृत पन्थीले वताए ।


पहिलो चरणमा रोपिएको कागतीको विरुवा शिवशक्ति आमा समुहको नेतृत्वमा १,०८१ थान रुम्सिको जंगलमा, साना किसान आमा समुहको नेतृत्वमा जोगवनी वनमा २०० थान, केशवटार माविको नेतृत्वमा ५०० थान कागती केशवटारको वनमा, छाव्दी युवा क्लवको नेतृत्वमा ३०० थान विरुवा, सुडेर र हर्कपुर टोल विकास संस्थाले ३०० गरि कुल २,३०० थान कागतीको विरुवा रोपिएको व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले वताए ।


एसओएसले व्यास १४ मा समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम गर्दे आएको र अहिलेको कागतीको विरुवा रोपिने कार्यक्रम समाज विकासका लागी अत्यन्त राम्रो काम भएको वडाध्यक्ष श्रेष्ठले वताए । एसओएसको यो सकारात्मक कार्यक्रममा वडाले सहजीकरण गरेको छ । जसले गर्दा भविश्यमा यसको उत्पादनले आर्थिक रुपमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले वताए ।


वृक्षारोपण कार्यक्रममा व्यास नगरकार्यपालिकाका कार्यकारिणी सदस्य नरिमाया राना, वडाध्यक्ष काजीमान श्रेष्ठ, वडासदस्य दुर्गा वहादुर आले, होम वहादुर थापा लगायत स्थानिय वासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । पहिलो चरणमा कागतीको विरुवा वृक्षारोपण गरेको एसओएसले चाडै नै लिची, कटहर, सुन्तला र आँपको विरुवा पनि वृक्षारोपण गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक अमृत पन्थीले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.