मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई कडाईका साथ चेकजाँच 

मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई तनहुँमा अनिवार्य एक घण्टा सचेतना कक्षा सुरु गरिएको छ । आईतबार र बुधबार गरी हप्ताको दुई दिन विहान ९ बजे देखि १० बजे सम्म सचेतना कक्षा सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिला जरिवाना तिरेपछि छुटकारा पाउने गरेकोमा हाल जरिवानाका साथसाथै सचेतना कक्षा समेत लिनु पर्ने प्रावधान राखिएको छ । कास्की, तनहुँ र नवलपरासी गरी गण्डकी प्रदेशका तीन जिल्लामा सचेतना कक्षा लिनुपर्ने नियम लागू गरिए अन्ुरुप तनहुँमा पनि सचेतना कक्षा सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिनुभयो । तनहुँमा  ३४ जनालाई एक हजार रुपियाँ जरिवानाका साथसाथै सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रमुख विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, चेकजाँच गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकलाई जरिवाना मात्र लिएर छोड्दा त्यति सुधार नआएकोले गण्डकी प्रदेशको तीन जिल्लामा नियम लागू गरिएको छ ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाएका चालकहरूलाई काठमाण्डौ उपत्यकामा जरिवानासहित एक घण्टा सवारी चालक सचेतना कक्षा सञ्चालन गर्दै आइरहँदा यहाँ पनि यो नियम लागू गरिएको हो । पछिल्लो समय मापसे गरेर सवारी चलाउने क्रम बढेसँगै दुर्घटनाको जोखिम बढेको भन्दै गण्डकी प्रदेश तीन जिल्लामा साउन  १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण एवम् सडक अनुशासन कायम गर्दै जनताको सुरक्षित यात्राको अधिकारलाई सुनिश्चित गर्न कुनैपनि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएमा उनीहरूले ट्राफिक जरिवानाका साथै एक घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । यसरी सचेतनामा सहभागी भएको निस्सा पश्चात् मात्र सवारी साधन र सम्बन्धित कागजपत्र प्रदान गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि मात्रै नभएर मापसे गरेर सवारीसाधन चलाउन हुँदैन भन्ने एउटा सन्देश पनि प्रदान हुने भएकोले कक्षा सञ्चाल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मापासेको कक्षा लिनुपर्दा समाजमा प्रतिष्ठित व्यक्तिले असहज महशुस गरेका थिए । साउन ७ गते नौ जना, १० गते २१ जना, १४ गते २१ जना र १७ गते ४० जनालाई शिक्षा प्रदान गरिसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएकोे छ । समाजमा उदाहरणीय  काम गर्नु पर्ने व्यक्तिहरु पनि  मापासे कक्षाको फन्दा पर्नु परेपछि मापासेमा कमि आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ । ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनाका विभिन्न कारणहरूमध्ये मापासे मूख्य रहेकोले सचेतना कक्षा अनिवार्य गरिएको हो । सचेतना कक्षा कार्यक्रमले जनधनको क्षति न्यूनीकरण र समग्र सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको विष्ट बताउनुहुन्छ । पासे कारबाहीबाट ३५ लाख बढी जरिवाना बीच तनहुँमा दुर्घटना न्यूनिकरणको लागि मादक पदार्थ सेवन बिरुद्ध अभियान सञ्चालन गरिएको छ । अभियानमा चेकजाँचमा कडाई भएपछि जरिवानामा पर्नेहरु बढेपछि राजस्वमा वृद्धि भएको छ ।

अभियानका क्रममा जरिवाना बापत  जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन (मापासे) गर्नेलाई कारबाही स्वरुप जरिवाना गरेर ३५ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  कारबाहील अभियानको रुपमा सञ्चालन गरेपछि राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार्यालयले गत वर्ष भन्दा नौ गुणाबढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९-८० मा एक हजार सात सय ६१ जनालाई कारबाही गर्दा ३५ लाख २२ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८-७९ मा तीन सय ८५ जनालाई कारबाही गर्दा तीन लाख ८५ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । अभियानको रुपमा मापासे जाँचलाई तिब्र पारिएकोले उल्लेख्य वृद्धि भएको ट्राफिक प्रमुख विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, अभियानले दुर्घटना न्यूनिकरण, ट्राफिक जाम व्यवस्थापन र झगडा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । परिक्षणको क्रममा साँझ मात्रै नभई दिउँसो समेत मापासे सेवन गरेको पाईएको विष्टले बताउनुभयो ।

मापासे गर्नेमा मोटरसाईकलका चालक बढी रहेको पाईएको उहाँ बताउनुहुन्छ ।  प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या नघटेकोले मादक पदार्थ सेवन (मापासे) सम्बन्धी कारबाहीमा परेका कागजपत्र लिनु अघि ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था समेत गरिएको विष्टले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०-०८१ देखि कक्षा समेत लिने व्यवस्था प्रहरी प्रधान कार्यालयले गरेकोले तनहुँमा लागू गरिएको उहाँले जानकारी दिनुभयो । मापपासेका अतिरिक्त सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, द्रुत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाहीलाई तिब्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.