रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकाको योजना शाखा प्रमुख निराजन गुप्ता सम्मानित भएका छन् । गुप्तालाई पालिकाले गाँउपालिकाको नयाँ आर्कषक लोगो निर्माण गरि सहयोग गरेको भन्दै पालिकाले सम्मान गरेको हो ।
कुशल प्रशासकको रुपमा कार्य सम्पादन गर्दे आउनुभएको गुप्तालाई गाँउपालिकाका अध्यक्ष धुव्रनारायण चौधरी र प्रमुख प्रशासकिय अधिकत शुरेश भण्डारीले सम्मानपत्र सहित सम्मान गरेको हो ।

सम्मानित गुप्ताले गाँउपालिकाको सम्मानले आफुलाई झन जिम्मेवार वोध भएको वताए । काम प्रतिको ईमान्दारिताले नै आफुलाई सम्मान पाएको हुदाँ आफनो जिम्मेवारीमा थप दत्तचित्त भएर लाग्ने वताए ।










