जीवन नै पुर्नजागृत गरेजस्तो …

उर्वरता पनि निश्चित समय सम्मका लागी अर्थयुक्त हुँदो रहेछ । जसरी पनि वित्ने पलमा नतमस्तक सवार हुनुको विकल्प नहुँदा अनायासै अनेकन सपनाहरु धुमिल हुदै गए । उर्लदो भेलजस्तै उर्मिएका उमंगहरु धुलिसात हुदै गर्दा प्रश्नका वाढीहरु सामुन्नेमा आईदिदा निर्रथक र अर्थविहिन लाग्नु वाध्यताका उपज रहेछ ।
सोचको विविधता पनि कस्ता कस्ता ? सोच र सपना पनि समान देख्ने कुशैली जीवनको पीडाको कारक वनिदियो । दिन विते, पल विते तर जीवनको सार्थकता खोज्ने प्रयत्नमा सफलता देखिएन । यहि पेरिफेरिमा गुज्रिएको जीवन अमिलो लाग्ने रहेछ । उमेरसँगै जीवनको परिभाषा मलिन वन्ने रहेछ क्यारे, यहि नै देख्ने परिपाठी हावी वनिदियो । कमजोर नस्विकार्ने र सधै जित्र्ने पर्ने मानसिकतामा भने जीवनको उत्तरार्धमा पनि देखियो । लाग्यो यहि नै जीवनका सुन्दर पक्ष रहेछ, यसैलाई सुन्दर पक्ष मानेर अट्टहास हाँसो गुन्जिरह्यो ।
दायित्ववोध पनि वेकामे अक्षुणताको प्रतिक भएको आभास वनिदियो । संकिर्ण सोचमा जीवन यापन गर्नेहरुको भीडमा साँच्चै म पनि दौडिरहे । आत्माले सोधिने प्रश्नवाट जवाफ अमुक वनिरहँदा त्यसको आत्मरतिवाट वच्न चालिने कदमहरु वेगल्ती बनिदियो । सवैलाई जित्ने मनोकांक्षा समयको वहाव सँगै कमजोर वनिदिदाँ पनि देखिएको अहंमताले दिने प्रसवपीडा सायद कसैले महशुश गर्लान । एकाग्रता र वन्द नयनले देखिने विगतको उमंग र योजनामा ठोस प्रगति र उपलव्धी शुन्य देखिदा ह्दयता कुनामा विझाउने पलहरु सायद धेरैमा नहोला ।
एकाकारको पनि निश्चित अवधि र परिधि हुदोरहेछ । जुन क्षणिकतामा सुन्दर लाग्दछ । एकाग्रताको अवधिलाई लम्वाउने सके, त्यसको परिणाममुखी उपलव्धीको हेक्का हुन सके सायद जीवनका केही मुल्य र मान्यता हुन्थे, होला, जुन मान्यता र मुल्यले आफनै ह्दयमा शान्तिको आभास हुन सकोस । फगत त्यो त मनोभावना मात्र रहेछ । जुन सोच्न र कल्पनामा मात्र सम्भव हुने रहेछ । जीवन पनि परजिवी र स्वार्थको घोतक भन्दा पृथक रहेनछ । जुन सवैले आत्मासात गरिरहेका छन् । ह्दयले सोधेका अक्षम्य प्रश्नहरु प्रति शिर ठाडो गरेर जवाफ दिने ल्याकत रहेन ।
सवैका लागी हुनुपर्ने जीवन साँघुरिएको छ । यस्तो रुपमा साँघुरियो कि आफैलाई घाडो लाग्न थालेको छ । कस्तो जीवन भित्र रहेछ, जुन जीवन भित्र आफैले आफैलाई पनि घृणित महशुश गरिरहेको छ ।


प्रकृतिको अनुपमता भित्र लाग्ने र सोचमा देखिने यत्रतत्र भावहरु पल सँगै कमजोर वन्दै गईदियो । वेला वेलामा आत्मावोध हुने प्रवृत्ति फिक्का फिक्का हुनुपर्ने वाध्यता वनिदियो । स्वार्थता र मनोकांक्षाले गाँजेको जीवन भित्र सम्याउन नसक्ने अवस्था हुदाँ जीवन नै वोझ लाग्ने आत्माहरु पटक पटक भड्किरहे । आहा, कुनै खोज र कुनामा जीवन भड्किरहदा विगतका सोच र कल्पनाले भत्भती पोल्ने रहेछ । उही निरन्तरता, जुन निरन्तरताको कल्पना त्यो उन्मादको उमेरमा कहिल्यै आएन, यद्यापी अहिले सवैभन्दा प्रिय वस्तु वनेर आत्मासात गरिरहेका छौ । दायित्ववोध र जिम्मेवारीताको परिभाषा पनि मिथ्या लाग्न थालेको छ ।
कहीकतै विगतका याद र सपनाले जीवन नै पुर्नजागृत गरेको जस्तो । मनमा उत्साह र उमंग जागृत भईरहदाँ देखिने असम्भवयीय पक्ष पनि समान्य लाग्ने । समान्य लाग्नु र परिणाममुखी हुनुमा आकाश जमिनको अन्तर रहेछ । त्यो जागृत भावहहरु पटक पटक परिक्षण वनिसके । विगतको वेगल्ती प्रश्नको चाङले सोचलाई वन्धक वनाएता पनि त्यो उही पुरानो विगत वनिदियो । जुन सोच जीवनको पीडा वनिदियो । जुन सोच थप पीडा वन्दछ, त्यो आत्मासात गर्न कोहि तत्पर रहला ।


फेरि पनि विगतको उमंगता निश्चित समयका लागी भने उर्जा वन्दो रहेछ । जुन उर्जा केही समयको लागी परिवर्तनका आधारशीला वन्दा रहेछन् । जीवन चङ्गा वन्ने र चुडिने क्रमहरु यसरी नै अनवरत रुपमा चलिरहे, सायद धर्तिमा अन्तिम सास फेरिरहदाँ पनि यो निरन्तर रुपमा क्रियाशिल हुनेछ ।
यति धेरै जीवन प्रतिको गुनासो किन ? सायद जीवनको मुल मर्म र उद्येश्य यो हैन, कि ? जुन हामीले व्यतित गरिरहेका छौ । जिम्मेवारी र दायित्ववोधको पीडा पनि निर्मम हुने रहेछ । जसले अन्धकारको त्यो कालरात्रीमा पनि झकभकाईरहन्छ । प्रश्न सोधिरहन्छ ।
सामाजिक जीवन र व्यक्तिगत जीवनमा आकाश जमिनको अन्तर रहेछ, जसको कुनै मिलन नै सम्भव छैन । समाजिक जीवनका लागी सोधिएका प्रश्नहरु जव विस्तारै जीवन व्यक्तिगत वन्दै जान्छ । जीवनमा यसरी नै प्रश्नहरु खडा वनिदिन्छ । संकिर्ण मानसिकता राखेर वहृतर समाज र जीवनको कल्पना गर्नु भनेको असम्भव रहेछ । यहि जीवन दृष्टिकोणको खिचडीले अन्तत जीवन नरक वनाउने रहेछ । समाजिक सोचको त्यो परिकल्पना र व्यक्तिगत जीवन भोगाईको यथार्थता सवैभन्दा घातक हुने रहेछ । समाज र जीवन प्रति सोच्नेहरुको व्यक्तिगत जीवन हुर्देन भन्ने मान्यतामा अडिग रहेदा अनेकन व्यवधानहरु खडा भए । त्यो व्यवधान समाधान गर्न नसक्नदा जीवन व्यक्तिगत वनिदियो । त्यसैको उपज मस्तिष्क र ह्दयमा प्रहार गरिदियो ।
निरन्तरतामा आलिगंन छाडेर पृथकता खोज्ने दृश्प्रयास अन्तत यहि हो । त्यति सहज छैन, जति हामीले सोच्यौ । अल्पवुझाई अज्ञान भन्दा कयौ गुणा हानिकारक हुने रहेछ । त्यहि अल्पवुझाईको तापमा हेलिएको जीवन वैतरणी तर्न सम्भव छैन ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.