दादुरा रुबेला खोप अभियान २०८०-८१ अन्तर्गत पालिका स्तरीय खोप कार्यकर्ताहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना एवं व्यास नगरपालिकाको समन्वयमा शुक्रवार व्यास नगरपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थयकर्मीहरुलाई स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी, कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षकसुदिप कडेल, पव्लिक हेल्थ नर्स पूजा कुँवर लगायतले कार्यक्रममा अभिमुखीकराण् दिएका थिए । व्यास नगरपालिका नगर अस्पतालकी डाक्टर नविना न्यौपानेले एईएमआई अभियानबाट कसरी बच्ने भन्ने बारेमा प्रशिक्षण दिएकी थिईन् । कार्यक्रममा व्यास नगरपालिका भित्रका ५० बढी स्वास्थ्यकमीको सहभागीता रहेको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी लगायतले अभिमुखीकरणले दादुरा विरुद्धको खोप लगाउने स्वास्थ्यकमीलाई सचेत हुने सहयोग पुग्ने बताएका थिए ।
तनहुँमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान २०८० फागुन १५ गतेदेखि सुरु हुनु अगाडी जिल्लाका विभिन्न पालिकामा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । स्वास्थ्य कार्यालय तनहुँले फागुन १५ गते देखि २७ गतेसम्म जिल्लाका ८५ वटा वडामा खोप अभियान सञ्चालन गर्न जनाएको छ ।
जिल्लामा दुई चरणमा अभियान सञ्चालन गरिने छ । एक नगरपालिका, चार गाउँपालिकामा पहिलो चरणमा र तीन नगरपालिका, दुई गाउँपालिकामा दोस्रो चरणमा कार्यक्रम संचालन गर्ने तय स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिका, देवघाट, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा पहिलो चरणमा हुने छ। भानु, शुक्लागण्डकी, भिमाद नगरपालिका , ऋषिङ र घिरिङ गाउँपालिकामा दोस्रो चरणमा अभियान संचालन हुने उनले जानकारी दिए । फागुन १५ देखि १९ सम्म पहिलो चरणमा र फागुन २२ देखि २७ सम्म दोस्रो चरणमा खोप अभियान संचालन हुँदैछ ।
जिल्ला भरका २ सय ३८ वटा खोप केन्द्र बाट २ सय ३८ जना स्वास्थ्यकर्मी , ४ सय ७६ जना स्वयंसेवक र दश वटै पालिकामा एक जना विशेषज्ञ डाक्टर सहभागी हुने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार तनहुँका ९ महिनादेखि ५ वर्ष मुनिकाका करिब २१ हजार एक बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने छ ।








