तनहुँ, १४ फागुन
लामो समय सम्म दुध बिक्रीको भुक्तानी नपाएको भन्दै तनहुँका दुग्ध उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारी मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई माग तथा आन्दोलन सहितको ज्ञापनपत्र सोमबार बुझाएका हुन् । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष समेत रहेको ै कुँवरले ज्ञापनपत्र पढ्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अन्र्तगत तनहुँ जिल्लामा १८ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ सय दुग्ध उत्पादक कृषकहरु उक्त सहकारीमा आवद्ध रहेको र दिनहुँ ९ हजार लिटर दुध उत्पादन गर्दै आइरहेको उल्लेख गरे । संघमा उत्पादित दुधमध्ये २५ प्रतिशत संघले बिक्री वितरण गर्दै आएको र ७५ प्रतिशत सिधै उद्योगमा पठाउदै आएको छ । २०८० असोज देखी कृषकहरुले उत्पदन गरेको दुधको करिव ५ करोड रुपैया उद्योगहरुबाट प्राप्त हुन बाँकी रहेको उल्लेख छ । किसानले बंैक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जाको सांवा व्याज नियमित रुपमा बुझाउन नसक्दा बैकले लिलामी प्रक्रिया समेत अगाडी बढाउदै आएको दुखद अवस्था आएको अध्यक्ष कुँवरले बताए ।

ज्ञापनपत्रमा मिल्क होलि डे बन्द गर्नुपर्ने, आयतित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनैतिक पहलद्धारा अन्तराष्ट्रिय बजारमा बिक्री वितरणको प्रवन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेसामा जोगाई राख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका बर्षहरुमा झै यथाशिघ्र उपलव्ध गराउनुपर्ने, लागत मुल्य घटाउने कार्यक्रमहरुमा लिटर अनुदान कम्तीमा ५ रुपैयाँ लागु गर्नुपर्ने, पशुआहार पशु औषधी सम्बन्धी पशुपालनसंग सम्बन्धित बस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, विमा कार्यक्रमलाई प्रथामिकतामा राखी विमाको रकम उपलव्ध गराउन विमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत लगायतका रोगहरुको उन्मुलन गर्नुपर्ने माग रहेको छ । उक्त ज्ञापनपत्र बुझैद तनहुँका प्रमुख जिल्ला अधिकारी गौतमले सम्बन्धित स्थानमा ज्ञापनपत्र पुग्ने बताए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानका दुग्ध उत्पादक किसानहरुको सहभागीता रहेको थियो ।

दुग्ध किसानका जायज मागलाई समेत सरकारले वेवास्ता गरेको भन्दै अध्यक्ष कुँबरले माग पुरा नभए फागुन १७ गते दमौलीमा राजमार्ग २ घण्टा चक्काजाम गर्ने र फागुन २१ गतेदेखी काठमाण्डौ माइतीघर मण्डलामा देशैभरीका कृषकहरुको उपस्थितीमा अनिश्चितकालिन केन्द्रकृत आन्दोलन गरिने बताए ।










