व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई निर्वाचित भएका छन् । मंगलवार सम्पन्न कोषको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

त्यस्तै कोषको उपाध्यक्षमा विणा कैनी, मंगलप्रसाद श्रेष्ठ, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुँगाना(सेवक), मदन प्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्बत चयन भएका हुन् । सदस्यहरुमा बाबुराम बगाले दुर्गाभक्त अधिकारी, सावित्री देवी अधिकारी, अर्जुन गिरी, कुल बहादुर थापा र गौरी थापा गोदार चयन भएको निर्वाचन प्रवन्ध समिति संयोजक त्रिभुवन श्रेष्ठले जानकारी दिए ।








