बिबि श्रेष्ठ
बिश्वासको कडि पनि धर्मराउँदो रहेछ । यहि विश्वासमा धर्मराएको विगतको यादहरु नै जीवनका अतित रहेछन् । जुन अतितले पाईलाका पदचापमा अवरोध सिर्जना गरिरहे । आहा कल्पना र सपनामा रमाईरहन पाए, भर्खरको यौवनतालाई वाधी राख्न सके, आत्माहरु रमाईरहने थिए । तर त्यो त फगत यादको पहाडले पीडाको अविरल भारीहरु वनिरहे । जसले हड्वडाएको पाईलाहरु पनि यथार्थ खोज्न वाध्य पारिदिए ।
लाग्यो, सत्यता यहि मात्र हो, जति म जान्दछु र वुझद्छु । यति ठुलो भ्रमको वीचमा अडिएको जीवन यो भ्रमवाट मुक्त हुन कोशिश गरेता पनि आत्माभित्रको घमण्ड वन्धक वनिरह्यो । आवश्यकता र रहरको भिन्नतामा जीवन घोत्लिदा अनेकौ अवसरहरु व्यथा वनेर सिर्जित वनिदियो । त्यही व्यथा नै वोकेर जीवनरुपी डुङगामा अनवरत पौडिरहे ।
त्यहि निर्ममता भित्र सहजता खोज्ने प्रयास कसरी सम्भव हुन्थ्यो र ? यद्यापी असम्भवको यो पर्खालमा चढ्ने असम्भव प्रयत्नहरु भने हरसम्भव गरिरहे । शुन्यता भित्रको जीवन नै साँच्चै सरल हुने रहेछ । सत्यताको यो कसी वुझन प्रयत्न गर्ने कोसिस नगर्दा अनेकन व्यथा र असन्तोषहरु जीवनका सारथी वनिरहे ।
जति सरल उति सहज , जीवनको अनन्य हो । यद्यापी सरलतामा सहज जीवन यापन गर्न खोजेर जोखिमयुक्त जीवन खोज्ने हर्कत मानव जातिको रहर रहेछ । जीवनको आवश्यकता नवुझि रहरको पछाडी दौडदा भोगिएका जीवनमा कयौ रोगहरु हाम्रा अनन्य मित्रका रुपमा जीवनभर साथ रहने गरि रहिरहे । अझै पनि यहि रहरहरु आत्मासात गर्न लालयित यी हर्कतहरु प्रतिष्पर्धाका लागी तम्तयार वनिरहेका छन् ।
पाईलामा यथार्थवोधको आत्मासात सायद जीवनमा रहरको उपज रहेछ । सहजलाई असहज वनाउने फगत प्रयत्नहरुमा यो अवोध आत्माको चाहना कि वाध्यता ? कलकलाउँदो त्यो उमेरदेखि अनुहारमा चाउरिएको छालाले भनिरहेछ, सोधिरहेछ, फेरि पनि उहि वाटोको पदचापमा नै किन ?लाग्दछ, उहि समय तर होईन रहेछ यहि समयको भिन्नतालाई वुझन नसक्दा वेग्रल्ती रुपमा नसामा नसा सन्चित वनिरह्यो । आत्मावोधको यो स्पन्दनले अनेकन प्रश्नहरु सोधिरहँदा समस्या समाधान गर्न भन्दा टार्न उद्यत आत्माहरु उर्मिरहे । वहेको हावामा पनि यति धेरै असमानता । असमानताको वोध पनि जीवनको लागी घातक हुने रहेछ जसले सजिलोसँग सास फेर्न नदिने रहेछ । परिधिको यो मान्यतामा रहने वाध्यता जीवनको सवैभन्दा निर्मम पक्ष रहेछ । जहाँ हामी नचाहेर पनि वाधिरहेका छौ ।
अतितमा रम्न र सम्झन पनि कठिन, विर्सन पनि कठिन । यहि परिवेशमा अनेकन रात र विहानहरु फेरियो । यो गति निरन्तर चलिरहदाँ याद र विगत भने ज्युँका त्यहु रहिरहे, जहाँ जीवनका अमुल्प पलहरु पदचाप वनि वितिरहे । साँच्चै गतिको मापन पनि अनेकन, मुटुको चाल पनि अनेकन होला, जसलाई म नाप्न सक्दिन । त्यस्तै गरि सोचको विविधताको मापन कसरी गर्ने होला ? हिजो मिठो लाग्ने पलहरु आज काँडासरी विझिरह्े ।
आत्मावोध पनि घातक हुने रहेछ, जति आत्मावोध हुन्छ, आत्मा भावविभोर हुन्छ, टेकेका धर्तिहरुमा पाईलाहरु पनि वोझिलो लाग्न थाल्दछ । हिजोको रहरहरु बिस्तारै धुमिल हुदै जाँदा आवश्कता र रहरको भिन्नता खोज्ने कुचेष्टा आत्मामा जागेको छ ।

साँच्चै हिजो मिठो लागेको वायुको कम्पन आज कहाली लाग्दो वनेको छ । अतितका घटनाक्रमहरुलाई सत्य सावितीका लागी अनेकन प्रयत्नहरु आज कमजोरी भएको महशुश हुन थालेको छ । साँच्चै उमेरको यो भिन्नतामा पनि देख्ने र सोच्ने परिभाषाहरु अनेकन भईदिने रहेछ । अन्धकारको मात्रामा घोत्लिन खोज्ने चाहनाले मिथ्या सावित वनिदियो । वायुमण्डलको कणहुने असमानता लाई नियाल्ने दुस्साहत अन्तत्वगोत्व क्षितिज पारीको गाँउ वनिदियो । जहाँ पुग्न असम्भवप्राय नै छ ।
अतितमा रम्न र सम्झन पनि कठिन, विर्सन पनि कठिन । यहि परिवेशमा अनेकन रात र विहानहरु फेरियो । यो गति निरन्तर चलिरहदाँ याद र विगत भने ज्युँका त्यहु रहिरहे, जहाँ जीवनका अमुल्प पलहरु पदचाप वनि वितिरहे । साँच्चै गतिको मापन पनि अनेकन, मुटुको चाल पनि अनेकन होला, जसलाई म नाप्न सक्दिन । त्यस्तै गरि सोचको विविधताको मापन कसरी गर्ने होला ? हिजो मिठो लाग्ने पलहरु आज काँडासरी विझिरह्े ।
आत्मावोध पनि घातक हुने रहेछ, जति आत्मावोध हुन्छ, आत्मा भावविभोर हुन्छ, टेकेका धर्तिहरुमा पाईलाहरु पनि वोझिलो लाग्न थाल्दछ । हिजोको रहरहरु बिस्तारै धुमिल हुदै जाँदा आवश्कता र रहरको भिन्नता खोज्ने कुचेष्टा आत्मामा जागेको छ ।
चिन्तन र चिन्ता वीचमा लामो असमानता रहेजस्तै जीवनमा अविरल घुमिरहने घडिहरु रोक्न कदापी सकिएन । त्यही घडिको पदचापमा हिड्ने दुस्साहस विगतको कर्मका कारण सम्भव भएन । सोचमा नै बन्धकता भईसकेपछि पदचापमा रोकावट कति कति । हिजोको निरन्तरता आज अट्टाहास वनिरहँदा अमुक वन्नुको विकल्प नरहने रहेछ । सुस्काएको हावाको पदचाप पनि कति गहिरो, जुन गहिरो हाम्रो सोचभन्दा धेरै पर छ ।
समिपता खोज्दा खोज्दै धेरै पर पुगेको नयनहरु भौतिक रुपमा भेटिदैनन कि जस्तो । आत्मिक मिलन सपनामा मिठो भएता पनि विपनामा वोझिलो हुने रहेछ । त्यही वोझिलोपन जीवनको अभिन्न अंग वनेर जीवनरुपी यात्रामा अनवरत यात्रा गरिरहेहरु यो संसारमा कुनै कमि रहेनछ । हावाको वेगमा पनि अपनत्व गुन्जिएझै लाग्ने पलहरु एकान्त र एकाग्रतामा असिम रुपमा प्रकट भए । त्यहि अनिरुद्ध चालहरु जीवनका पर्याय वनिदिए ।
सोचको यो बन्धकतावाट मुक्ति आखिर कहिले ? अहं प्रश्नहरु दिनचर्या वनिदिए । भोगिने जीबन र देखिने जीवन वीचको असमानतामा गुज्रिएका पलहरु अनादीकालसम्म हाम्रा आत्मामा रहिरहनेछ । जसलाई आत्मावाट हटाउन र मेटाउन सम्भव रहेनछ । साँच्चै पीडावोधको मापन कसरी होला ? फरक फरक विचारवाट प्रकट हुने पीडा पनि असमान नै हुनेहोला । नयनवाट सक्रिय हुने मस्तिष्कको यो आत्मा सधै वन्धक हुने रहेछ । आत्मा र मष्तिष्कवीचको तादात्म्यता मिलाउन नसक्ने भौतिक स्वरुपको मानव जातिले अन्य भौतिकतामा सहजता खोज्नु भनेको मुर्खता रहेछ । जुन चिन्ह र वुझन पलपलमा नघच्घच्याउने आत्मामा सम्भव छैन । जसले कोशिष गर्दछ, त्यो सरल जीवन वाँच्न सक्दैन ।
साँच्चै जीवन भित्रको गतिमा समानता खोज्ने दुस्साहस नगरेको नै राम्रो ! पद्चापको गति निरन्तर चलिरहनेछ ।