विश्वकै ठुलो कम्युनिष्ट सरकार चीन तथा विश्वकै ठुलो लोकतान्त्रिक मुलुक भारत, हाम्रा द्वोय छिमेकी अहिले विश्वमा समष्टिगत विकासका दृष्टिले विश्वमा वर्चस्व राख्ने मुलुक हुन । हाम्रो आर्थिक , सामाजिक स्वरूप हेर्दा मुलत उत्तरी भेगमा प्राय चीनिया तथा दक्षिणमा भेगमा भारत संग मिल्दोजुल्दो पाइन्छ । इतिहास देखिनै दुवै राष्ट्र संग आर्थिक, सामाजिक , सांस्कृतिक, तथा कूटनैतिक सम्बन्ध विस्तार गर्दै आएको नेपालले अहिलेको समयमा पनि दुवै छिमेकीसँग सम्मान अन्तर्राष्ट्रिय मुल्य मान्यता बमोजिम सम्बन्ध राखनु औचित्य हुन्छ तथा आवश्यक छ । मुलुकको क्षेत्रफल तथा विकासका दृष्टिकोणले ठुलो रहे पनि छिमेकी संगको सम्बन्ध अन्तर्राष्ट्रिय मर्यादा बमोजिमको हुनुपर्छ । सबै मुलुकको आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित तथा स्वतन्त्रता रहेको हुन्छ ।
कुनै पनि छिमेकी होस् वा अन्य सहकार्य राख्ने मुलुक सबै संग सम्मान व्यवहार, समन्वय, तथा कूटनैतिक सम्बन्ध स्वस्थ हुनु आवश्यक हुन्छ । आवश्यकता अनुसारको लाभ तथा सहायता लिनु सोभाविक हो तर सो राष्ट्र प्रतिको झुकाव उचित होइन । अन्तर्राष्ट्रिय विकास सहायता विश्वका सबै मुलुकले स्विकार गर्दछन् अझ नेपाल त आफुसँग पूर्ण विकासका संसाधन नभएको, विकास व्यवस्थापनमा आवश्यक लगानी गर्न नसक्ने तथा अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने मुलुक हो ।
नेपाल दुई विकसित मुलुक तथा ब्कष्बल नष्बलतक को बीचमा रहदा पनि उचित लभ एवम् ती राष्ट्रका विकासका नीति अवलम्बन गर्न सकिरहेको छैन् । सधैं ती छिमेकीमा आत्मनिर्भर रहदै आएको छ, नेपालको आयात निर्यात हेर्ने हो भने ९०, १० जस्तो तथ्याङ्क पाइन्छ । आत्मनिर्भर कति सम्म रहेको छ भन्ने पुष्टि तथ्याङ्कले गर्दछ । नेपालमा मुख्यतया खाद्यान्न तथा फलफूल धेरै आयात हुन्छ । हाम्रो नेतृत्व सधैं छिमेकी मै आत्मनिर्भर हुन रुचाउछन्, अझै नेपाली सार्वभौमिक जनताले लिने निर्णय तथा जनताको अधिकार उपयोग हुनुपर्ने विषयमा पनि हाम्रो नेतृत्व सकेसम्म आत्मनिर्भर नै चाहान्छ ।